अफ्रिकी क्लब एभिनियरले एपिएफलाई ४–१ गोलले हराउँदै नेपाल आइस गोल्डकपको सेमिफाइनलमा प्रवेश
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

अफ्रिकी क्लब एभिनियरले विभागिय टोली सस्शत्र प्रहरी बल एपिएफलाई ४–१ गोलले हराउँदै नेपाल आइस गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । हेम्जा युनाइटेडको आयोजनामा जारी छैटौं नेपाल आइस गोल्डकप प्रतियोगिता अन्र्तरगतको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफलाई हराउँदै सेमिफाइनलमा चर्च ब्वाइजसंगको भेट पक्का गरेको हो ।

खेलको १० औं मिनेटमा अबदेलको प्रहार क्रसबार नजिकैबाट बाहिरियो थियो । १७ औं मिनेटमा साङले करिब ७५ यार्डबाट गरेको प्रहार नजिकैबाट बाहिरियो थियो । एभिनियर र विभागिय टोली एपिएफबीच भएको यस रोचक खेलको २७ औं मिनेटमा गिनीको स्थानमा मैदानमा प्रवेश गरेका एभिनियरका खेलाडी सामेसामेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा नै दुई गोलको अग्रता लिएको अफ्रिकी टिमले दोस्रो हाफमा समेत दुई गोल गर्दै विभागिय टोली एपिएफसंग सहज जित हासिल गरेको हो ।

एपिएफले खेलमा फर्कन निकै प्रयास गरेका थिए तर खेलले लय लिन भने सकेन । विभागिय टोली एपिएफका लागि सविन थापाले खेलको १४ औं मिनेटमा एक गोल मात्रै गर्न सकेको थियो ।

यस गोल्डकप प्रतियोगिता अन्तरगत भोलि हुने पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटार खेल मैदानमा भिड्ने भएका छन् । त्यस्तै पर्सि विहीबार भने दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्