पोखरा महानगरपालिकाद्धारा आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
  • प्रमुख खबर

पोखरा ।

 

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । पोखरा सभागृहमा बसेको ११ औं नगरसभामा मेयर धनराज आचार्यले कृषि, रोजगार, उद्योग, पर्यटन, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार तथा सहरी विकास, शुसाशनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सो कार्यक्रममा मेयर आचार्यले छ महिनाभित्र ३ हजारलाई रोजगार दिलाउने घोषणा गरेका छन् । विशेषगरी उनले कक्षा १२ सम्मको अध्ययन सकेर बसेका विद्यार्थीहरुलाई लक्षित गरी सो घोषणा गरेका हुन् ।

आफ्नो नीति तथा कार्यक्रममा उनले “समुन्नत पर्यटकीय पोखरा” भन्ने नारालाई विकासको प्रस्थान बिन्दु बनाएका छन् । जस अन्र्तरगत दिगो, पर्यावरणमैत्री, योजनाबद्ध र हरित शहरी विकास,उत्थानशील पर्यटकीय पुर्वाधार विकास लगायतका बुदाँहरुलाई समेटेका छन् ।

त्यस्तै उनले कृषि उत्पादनमा वृद्धि, महानगरको सम्बृद्धि को अवधारणा पनि आफ्नो यस कार्यक्रममा समावेश गरेका छन् । यस अवधारणाका लागि उनले बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म भन्ने अभियान संचालन गरिने बताएका छन् ।

आगामी दुई वर्षभित्र महानगरमा रहेका पोलका तारहरुलाई भूमिगत बनाईने पनि आज वार्षिक नीति तथा कार्यक्रम सार्वजनिकको क्रममा घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्