गण्डकी जुडो संघद्धारा ओलम्पिक डे को अवसरमा पोखरामा जुडो डेमोष्टे«सन एंव काता प्रदर्शन
  • प्रमुख खबर

पोखरा ।

सरिता गुरुङ्ग

गण्डकी जुडो संघले “ओलम्पिक डे” को अवसरमा जुडो डेमोष्टे«सन एंव काता प्रदर्शन कार्यक्रम आयोजना गरेको छ । पोखरा रंगशालाभित्र रहेको संघको आफ्नै जुडो हलमा सो कार्यक्रमको आयोजना गरेको हो ।

संघका अध्यक्ष रुद्र मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । “ओलम्पिक डे” को अवसरमा आयोजित उक्त कार्यक्रमा यस खेलमा आवद्ध रहेका ४५ जना खेलाडीहरुले जुडो डेमोको साथै काता प्रदर्शन गरेका छन् ।

खेल क्षेत्र विकासका लागि गठन भएका विभिन्न संघहरु र यस क्षेत्रमा आवद्ध भएका व्यक्तिहरुले प्रतेक वर्षको जुन २३ तारिखलाई “ओलम्पिक डे” को रुपमा मनाउने गर्छन् । यस अवसरमा गण्डकी जुडो संघले पनि जुडो डेमोष्टे«सन एंव काता प्रदर्शन कार्यक्रमको आयोजना गरी यस दिनलाई विशेष बनाएको हो ।

संघका अध्यक्ष रुद्र मल्लले जुुनसुकै विधाका खेलकुद भएपनि खेल मानव स्वास्थ्यको लागि अति महत्वपूर्ण भएको बताउँदै यस प्रदेशमा जुडो विकासका लागि आफुले सकेको सहयोग गर्ने र राज्यसंग पनि यस खेलको विकासका निम्ति पहल गर्ने बताएका छन् ।

उनले खेलाडीहरुको विकासका लागि र यस खेलमा अझ उत्कृष्ट प्रदर्शन गर्न आफ्ना सम्पूर्ण खेलाडीहरुलाई निर्धक्क भएर के–कस्ता कुराहरुको अभाव भएको छ त्यो संघलाई जानकारी गराउन आग्रह पनि गरेका छन् ।

पछिल्लो क्रममा यस प्रदेशमा गण्डकी जुडो संघ र यस खेललाई हेर्ने दृष्टिकोण अति नै सकारात्मक पाएको पनि उनले जानकारी दिएका छन् ।

सो कार्यक्रममा अध्यक्ष मल्लले आफ्ना खेलाडीहरुलाई पछिल्लो समय यस खेल विश्वको लगभग २ सय राष्ट्रहरुमा खेलिने खेल भएको हुनाले यसको लोकप्रियता निकै भएको र यस क्षेत्रमा पनि यस खेलको लोकप्रियता बढाउनको लागि गण्डकी जुडो संघले त्यही अनुरुपका विभिन्न कार्य योजनाहरु बनाइरहेको स्पष्ट पारेका छन् ।

उनले यस संघ र खेलमा आवद्ध खेलाडीहरु र प्रशिक्षकलाई सदैब शिर ठाडो बनाउने कार्य आफहरुले गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यस्तै कार्यक्रममा संघका निकै नै सक्रिय सदस्य यादव गौतमले सम्पूर्ण खेलाडीहरुलाई खेल प्रशिक्षणमा केही समस्याहरु भएको खण्डमा अथवा कुनै खेल सामाग्रीहरुको अभाव भएको भए आफु वा संघलाई जानकारी गराउन आग्रह गरेका छन् ।

उनले आफु पनि २०४४ सालबाट विभिन्न खेलमा आवद्ध भएको बताउँदै यस क्षेत्रमा लागेका र भविष्य खोजका खेलाडीहरुले अनुशासित पूर्वक खेल खेल्नुपर्ने बताएका छन् ।

उनले खेल भनेको राष्ट्रको शान भएको र पछिल्लो समय यस क्षेत्रमा लागेका खेलाडीहरुलाई पनि राज्यबाट सकारात्मक किसिमको सहयोग र हेर्ने दृष्टिकोण रहेको पनि जनाएका छन् ।

उनले यसरी संघले यति छोटो समयमा पनि ओलम्पिक डे को अवसर पारेर कार्यक्रम आयोजना गर्न सफल भएकोमा संघका अध्यक्ष एंव प्रशिक्षक रवि चौधरीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले विशेषगरी यस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न महत्वपूर्ण भूमिका खेलेका खेलाडीहरुप्रति पनि आभार व्यक्त गरेका छन् ।

उनले आगामी दिनहरुमा यस क्षेत्रमा जुडो विकासका लागि यस जुडो संघले धेरै जुडो प्रतियोगिताहरु आयोजना गर्ने गृह–कार्य आफुहरुले गरिरहेको खेलाडीहरुलाई जानकारी पनि दिएका छन् ।

त्यस्तै सो कार्यक्रममा संघका उपाध्यक्ष दिल जैसीले पनि आफ्नो भनाई राखेका थिए । यस क्षेत्रमा विगत ८ वर्षदेखि जुडो खेलको प्रशिक्षण भईरहेको छ भने यसका खेलका खेलाडीहरुलाई प्रशिक्षक रवि चौधरीले प्रशिक्षण दिँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्