पोखरा, ९ जेठ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण ( किड्नी ट्रान्सप्लान्ट ) सफलतापूर्बक सम्पन्न भएको छ । पहिलो पटक आज कास्कीका एक ५० बर्षिया महिलाको सफल मिर्गौला प्रत्यारोपण भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
प्रत्यारोपणका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसंगको समन्वयमा काठमाण्डौबाट डा.पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा.प्रकाश क्षेत्री डा.अनुप चापागाई डा माया लामा डा.जुजु श्रेष्ठ डा.अमृत के.सी.को मेडिकल टिमले प्रत्यारोपण गरेको हो । ति महिलालाई उनकै श्रीमानले किड्नी प्रदान गरेको अस्पतालका निर्देशक प्रा.डा.भरतबहादुर खत्रीले जानकारी दिनु भएको छ । अब नियमित प्रत्यारोपण गर्ने अस्पतालका निर्देशक प्रा.डा. खत्रीले बताउनु भएको छ ।
यस अघि अस्पतालसंग सल्यक्रियाको लागि अप्रेसन कक्ष, मानव स्रोत र प्रत्यरोपण अनुमती नभएका कारण मृगौलाको प्रत्यारोपण हुन सकेको थिएन ।