पोखरा ।
हिजो आइतबार ९४ दशमलब ९२ अंकले बढेको शेयर बजार आज सोमबार भने ओरालो लागेको छ । आज बजार परिसूचक नेप्से २३ दशमलब ८५ अंकले घटेर १ हजार ९ सय ३३ दशमलब १३ को बिन्दुमा झरेको छ ।
कुल २ सय उन्नतीस कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्रि हुँदा आज जम्मा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ६८ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । आज जीवन बिमा र लगानी समूह बाहेक सबै समूहको शेयर घटेको छ ।
२ सय २९ वटा कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
समग्रमा बजार घटे पनि सीवाईसी लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।