पोखरा २०७९, असार-१४
पोखरामा महानगरपालिका वाड नम्बर १६ को आयोजनामा अपाङ्ग मैत्री सम्बन्धी आयआर्जन कार्यक्रम सम्पन्न भएको छ ।
अपाङ्ग मैत्री सम्बन्धी आयआर्जन कार्यक्रम संस्थाकी अध्यक्ष राजकुमारी बानियाको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि प्रदेश सांसद मीना गुरुङ रहनु भएको थियो । उहाले हरेक वडाले यस्ता कार्यक्रमहरूला ई अगाडि बढाउनु पर्ने साथै यस संस्थाको लागी अक्षयकोषको आवस्यकता रहेको हुदा आजै देखी अक्षयकोषको स्थापना गरि रकम जम्मा गर्न सबैमा आव्हान गर्नु भयो । भने स्वागत मन्तव्य संस्था की सदस्य योगमाया गुरुङले राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष राजकुमारी बानियाले अपाङ्गहरुलाई कसरी माया गर्नुपर्छ । उनीहरूले यो समाज बाट के पाएका छन् । उनीहरूको लागि के बनाइएको छ । उनीहरुका मागहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ । सामान्यतया सरकारी कार्यालयहरुमा उनीहरूको लागि सुविधा के कस्तो छ । हाम्रो आँखा ले सजिलै देख्न र व्याख्या गर्न सकिन्छ भन्नुभएको थियो । अपाङ्गता भएका आदरणीय व्यक्तित्वहरू जसलाई सम्मानस्वरुप पारिवारीक रुपले मायाममता दिएर हुर्काउन साह्रै गाह्रो भएको कुरा जसले स्याहारसम्भार गरेको छ उसैलाई मात्र थाहा हुन्छ अरुलाई त्यसको एक अंश पनि थाहा नहुने कुरा बताउनुभएको थियो ।
त्यसैगरी एकल महिला की अध्यक्ष दुर्गा थापाले पनि अपाङ्गहरुलाई दयामाया भन्दा पनि सम्मान गर्नुपर्ने । उहाँहरूको मनोभावनालाई बुझ्दै अगाडि बढाउनु पर्ने । कुरामा जोड दिंनु भएको थियो। आफुले त्यस्ता व्यक्तिहरूको घरमा नै गएर उहाँहरु को सुख दुःख मा साथ दिदै आएको र अझै पनि दिने बताउनु भयो । कार्यक्रममा ११२ जना अपाङ्गता भएका बालबालिका तथा अभिभावक सहितको उपस्थिति रहेको थियो ।
अपाङ्ग मैत्री सम्बन्धी आयआर्जन कार्यक्रममा अक्षयकोष स्थापनाको लागि गण्डकी प्रदेश साम्सद मिना गुरुङबाट रू २१, ५०० ,चान्द्रा थापाबाट रु ११,००० , नन्दा गुरुङबाट रू ११,०००, दुर्गा के.सि थापाबाट रु १०,०००, वडा नम्बर १६ का अध्यक्ष अमृत तिमिल्सिनाबाट रु १०,००० ,गणेश थापाबाट रु ८,००० , गोमा अधिकारी गौतमबाट रु ५,०००,यमन काजी गुरुङबाट रु ५,००० ,रामचन्द्र आचार्यबाट रु ५,००० , राजेश गुरुङ (राजु ) बाट रु ५,०००, राम काजी गुरुङबाट रु २,००० अक्षयकोष स्थापनाको लागि रकम संकलन गरिएको थियो ।
कार्यक्रम संचालन वडा नम्बर १६ को वडा सदस्य मन्जु नेपालीले संचालन गर्नु भएको थियो ।