नेपालमा सती प्रथाको अन्त्य भएको आज १०२  बर्ष पूरा
  • प्रमुख खबर

-सन्तोष पराजुली

नेपालमा सतीप्रथा अन्त्य भएको आज १०२ वर्ष पूरा भएको छ।

वि स १९७७ असार २५ गते चन्द्र शमशेरले जोखिम मोलेर ५ हजार वर्षदेखि चलिआएको परम्परा तोड्ने सहास नगरेको भए आज पनि हामी बाबुको लास सगैं जिउँदै आमालाई पोल्दै हुने थियौं होला।

१८२९ मा अङ्ग्रेजले भारतमा हुने सतीप्रथा माथि प्रतिबन्ध लगायो। भारतमा आमाहरूले पूरा आयु बाँच्न थालेको ९० वर्ष सम्म पनि हामीले आमालाई जिउँदै आगोमा हालेर घोची घोची जलाई रहयौ। त्यस समयमा पुरुषले बुढेसकालमा कलिला केटी खोजेर विवाह गर्नु पुरुषार्थ हुन्थ्यो। बहुविवाह सामान्य थियो । मात्र १०२ वर्ष अगाडि वृद्धासँग कलिला केटीहरुको विवाह गरिदिने अनि श्रीमान मर्दा सगै जिउँदै चितामा जल्नु पर्ने कहालीलाग्दो समय थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्