पोखरा, असार २५
क्षत्री समाज नेपाल प्रारम्भिक समिति पाेखरा १६ काे अधिवेशन एवंम् साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रम दुई चरणमा गरिएको थियो भने पहिलो चरणमा क्षत्री समाज नेपाल प्रारम्भिक समिति पाेखरा १६ का अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्षत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनि बहादुर बस्नेत रहनु भएको थियो । त्यस्तै बिषेश अतिथि क्षत्री समाज नेपाल जिल्ला समिती कास्किका अध्यक्ष पदम बहादुर कार्की रहनु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य जिल्ला महिला सचिव पार्वती बस्नेत र स्वागत मन्तब्य क्षत्री समाज नेपाल प्रारम्भिक समिती पाेखरा १६ का पुर्व वडा समितिका अध्यक्ष तिलक बहादुर के सी ले राख्नु भएको थियो ।
अतिथिहरुमा क्रमश केन्द्रिय महिला समिति काेषाध्यक्ष सृजना थापा, कास्की जिल्ला उपाध्यक्ष चेत बहादुर कार्की रहनु भयकाे थियाे ।
सोही कार्यकममा हालैकाे स्थानिय निर्वाचनमा वडा नम्बर १६ को वडा सदस्यमा निर्वाचित राजकुमारी बानियालाई प्रमुख अतिथि र बिषेश अतिथीबाट खादा लगाएर सम्मान गरिएको थियो । साथै अतिथिकाे रुपमा रहनु भयका कास्की जिल्ला उपाध्यक्ष चेत बहादुर कार्की, जिल्ला अध्यक्ष पदम बहादुर कार्की, केन्द्रिय महिला काेषाध्यक्ष सृजना थापा, प्रमुख अतिथिकाे रुपमा रहनु भयको र क्षत्री समाज नेपाल गण्डकी प्रदेश अध्यक्ष बेनि बहादुर बस्नेत लगायतले क्षत्रीकाे हकहित र क्षत्रीय एकताकाे लागी जाेड दिदै आफ्ना भनाईहरु राख्नु भयकाे थियाे ।
त्यस्तै दाेस्राे चरणकाे कार्यक्रममा क्षत्री समाज नेपाल प्रारम्भिक समिति पाेखरा १६ काे नयाँ कार्यसमिति गठनको लागि जिल्ला उपाध्यक्ष चेत बहादुर कार्कीकाे संयाेजकत्वमा सृजना थापा र तिलक बहादुर के सि सहितकाे तिन सदस्यिय निर्वाचन कमिटी तयार गरी आ- आफ्नाे पद अनुसारकाे मनाेनयन दर्ता गर्नकाे लागी समय दिईकाे थियाे ।
उक्त निर्वाचन समितिबाट क्षत्री समाज नेपाल प्रारम्भिक समिति, पाेखरा १६ काे नयाँ कार्य समितीमा अध्यक्ष पदमा सन्दीप थापा, उपाध्यक्ष पदमा राेहन बहादुर कूँवर, सचिव पदमा गाेबिन्द बहादुर थापा ( राजेन्द्र ), काेषाध्यक्ष पदमा देब बहादुर थापा ( शंकर ), सहसचिव पदमा हरि बहादुर बस्नेत, सदस्य पदमा क्रमश बिन्दु थापा क्षत्री , उर्मिला थापा, मिना जिसि, मन बहादुर के सी, सिता सापकाेटा थापा, रामशरण बानिया, मन्जु थापा, जित बहादुर बस्नेत, धन बहादुर कूँवर, हरि बहादुर बानिया क्षत्री, कर्ण बहादुर खड्का, दिल बहादुर थापा क्षत्री गरी १७ सदस्यिय कार्य समिति चयन गरियकाे छ ।
कार्यक्रम संचालन क्षत्री समाज नेपाल प्रारम्भिक समिती पाेखरा १६ का सचिव शुसिल बस्नेतले गर्नु भयकाे थियाे ।