क्षेत्री समाज नेपाल वडा नम्बर  ५ काे अध्यक्षमा केशव बराल
  • प्रमुख खबर

पाेखरा ।  क्षेत्री समाज नेपाल वडा ईकाइ कमिटी पाेखरा ५ काे अध्यक्षमा केशवबहादुर बराल सर्वसम्मत चयन हुनु भएको छ । कमिटीकाे शनिवार सम्पन्न चाैंधाैं साधारणसभा तथा साताैं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र खत्री, उपाध्यक्षमा मिरा के सी, सचिवमा लाेककुमारी क्षेत्री, सहसचीवमा अञ्जली खत्री र काेषाध्यक्षमा जानुका थापा चयन हुनु भएको हो ।                                                                     

यसैगरी सदस्यहरुमा जमुना क्षेत्री, गणेहबहादुर थापा,सकुन्तला के सी, सरस्वती खत्री, सिर्जनन के सी , कृष्णबहादुर थापा, सुनिता कार्की क्षेत्री र दिलमाया थापा चयन हुनु भयो । यस अघि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यसमिति सहसचिव शेरजङ्ग अधिकारी, पाेखरा ५ का वडाध्यक्ष बिष्णुप्रसाद बराल, समाजका सल्लाहकारहरु उज्ज्वल खत्री, गोपालबहादुर थापा,डा.झलक बहादुर कार्की लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्