२५ आषाढ-२०७९
रामप्रसाद पाैडेल
पाेखरा १९ घार्मीलाई कार्यक्षेत्र बनाएर खाेलिएकाे -घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारी संस्था लिमिटेडले आजदेखि आफ्नाे सेवा शुरु गरेकाे छ ।
शनिबार बिहान सहकारीका अध्यक्ष पाेषराज पाैडेलकाे अध्यक्षतामा भएकाे अाैपचारिक कार्यक्रममा प्रमुख अतिथि पाेखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बिधिवतरुपमा सेवा शुभारंभ गर्नुभएकाे थियो ।
सेवा शुभारंभ गर्दै वडाध्यक्ष पाण्डेले “सामाजिक विकासकाे लागि सहकारीकाे अावश्यकता र भूमिकामाथि प्रकाश पार्दै, घार्मी अर्गानिक कृर्षि उत्पादन र पर्यटन प्रवर्धनमा प्रसस्त संभावना रहेकाे गाउँ हाे । यस क्षेत्रमा लगानी गर्ने हाे भने संताेषजनक मुनाफा लिन सकिने छ भन्नुभयाे । वडाध्यक्ष पाण्डेले यहाँका युवाहरुले अब विदेश जाने मानसिकता हटाएर गाउँमै केही गर्ने इच्छाशक्ति सृर्जना गर्ने हाे भने गाउँमा परिवर्तन अाउन बेर नलाग्ने कुरा अाैल्याउनु भयाे, साथै उहाँले स्थानीय सरकार उध्यमशील युवाहरुलाई सकारात्मक साथ दिन सदैव तयार रहेकाे पनि बताउनु भयाे । कार्यक्रममा बाेल्दै वडा सदस्य कल्पना सुनारले गाउँमा सहकारी खाेलिनु हामी गाउँबासिकाे लागि नयाँ अायाम थपिनु हाे र यस सहकारीकाे माध्यमबाट गाउँमा उध्यमशील कार्यहरु हुनसक्ने बताउनु भयाे ।
त्यस्तै वडा नं १९ का सचिव श्रीराम पाैडेलले सहकारी संचालनले समुदायमा अार्थिक उन्नति संगै सहकार्यताकाे विकास गराउने कुरा बताउनु भयाे । सहकारी अध्यक्ष्य पाेषराज पाैडेलले सहकारिकाे कार्यक्षेत्र लक्ष्य र उदेश्यमाथि प्रकाश पार्दै भविष्यमा सहकारिले समयक्रमसंगै अाफूले दिनसक्ने सेवाहरु विस्तार गर्दै लाने कुरा जनाउनु भयाे । साथै पाैडेलले थाेपा थाेपा सहभागिता र हातेमालाे कार्यशैलीले नै तपाईहामी सबैकाे जीवनस्तर माथि उठ्ने छ भन्नुभयाे ।
पत्रकार शिशिर पाैडेलकाे संचालन रहेकाे साे कार्यक्रममा सहकारीका उपाध्यक्ष प्रदिप पाैडेलले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने स्थानीय रामचन्द्र पाैडेल र राम प्रसाद पाैडेलले सहकारिलाई अाशातित प्रगतिकाे कामना गर्दै शुभकामना व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रममा लक्ष्मी अधिकारीले सहकारिका सिद्धान्तहरु वाचन गर्नु भएकाे थियाे । कार्यक्रममा वडाध्यक्ष पाण्डेले प्रथम सेयर सदस्यता लिने रामचन्द्र पाैडेललाई सेयर प्रमाणपत्र र प्रथम मुद्धति खाता खाेल्ने दिया पाैडेलका पिता दामाेदर पाैडेललाई मुद्धति प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।