चर्चाका लागि र काम गरकोे जस्तो देखाउने हो भने सोचे अनुरुपको पोखरा महानगर बनाउन नसक्ने मेयर आचार्यको भनाई
  • प्रमुख खबर

पोखरा ।

रचित श्रेष्ठ

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा प्राकृतिक दृष्टिकोणले अति नै सुन्दर भएको तर पछिल्लो समय हामी पोखराबासीहरुका कमिकजोरीको कारणले नै यो ठाउँको सुन्दरतामा धेरै कमि आएको बताएका छन् ।

पोखरा महानगरपालिकाको ११ औं नगरसभाबाट बिजेट पारित भएको अवसरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बाल्दै उनले हामीले जानेर होस् या नजानेर यस ठाउँको सन्दुरतालाई विभिन्न हिसाबले बिग्रार्ने काम विगतमा भएता पनि अब भने हामी सबै मिलेर यसको सुन्दरतामा ध्यान दिन अति जरुरी भएको बताएका छन् ।

यस सुन्दर पर्यटकिय ठाउँको विकास र यसको प्राकृतिक सुन्दरतामा निर्खार ल्याउन हामीले यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान केन्द्रित गरी यसै अनुरुपका कार्यहरु गर्न आवश्यक भएको पनि जनाएका छन् ।

यसका लागि उनले सर्वप्रथम यहाँका मुख्य भागहरु जस्तै चिप्लेढुङ्गा, सभागृह, नयाँबजार, पृथ्वीचोक हुँदै लेकसाइडलाई समेटेर यसको विभिन्न तवरले व्यवस्थापन र सौन्र्दय करणको निम्ति यस वर्ष यसै अनुरुपको कामहरु गर्ने र यसलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।

सो पत्रकार भेटघाट कार्यक्रममा काठ्माण्डौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङ चर्चामा रहेका बेला पोखराका मेयर किन ओझलमा परेको भन्ने प्रश्न आएको थियो । उक्त प्रश्नको जवाफ दिँदै मेयर आचार्यले कम्तिमा ५ वर्ष काम गर्ने अवधि भएपछि विधि र प्रक्रिया पु्याएर कार्य सम्पादन गर्नुपर्छ भन्ने कुरामा आफुले विश्वास राखेको बताएका छन् ।

उनले धरान र काठ्माण्डौं महानगरका मेयरसँग आफुलाई तुलना नगर्न आग्रह गर्दै कहिले काँही चर्चाका लागि मात्र काम गर्दा उल्टो हुने समेत बताएका छन् । उनले चर्चाका लागि र काम गरेको देखाउन दिनभर खोलामा गएर गिट्टी कुट्दै बसेर नहुने बताउँदै गिटी कुटेर महानगर समृद्ध बन्न नसक्ने पनि बताए ।

यसरी चर्चाका लागि र काम गरेको जस्तो देखाउने हो भने सोचे अनुरुपको महानगर बनाउन नसक्नुका साथै यस्तो कार्य एउटा सस्तो लोकप्रियताका लागि मात्रै भएको टिप्पणी गरेका छन् । उनले काठ्माण्डौं र धरानका मेयरले गरेको काम नराम्रो नभएको तर एक दिन मात्र पनि खोलामा गिट्टी कुटेर बस्दा महानगरको अन्य काममा धेरै अवरोध पुग्ने स्पष्ट पारेका छन् ।

सो भेटघाट कार्यक्रममा बोल्दै मेयर आचार्यले अहिले आफुहरु आर्थिक वर्षको अन्तिम चरणमा रहेकाले ठूला काम गर्न बजेट अभाव रहेको जनाएका छन् । उनले आफुहरुको पहिलो काम भनेको डाटा कलेक्सन भएको र अहिले त्यसैमा केन्द्रित भएर काम गरिरहेकाले महानगरले गरेको काम देखिने गरी श्रावण १ गतेबाट काम हुने पनि बताएका छन् ।

मेयर आचार्यले अहिले महानगरले सडकका खाल्डाहरु पुर्ने कामलाई तिव्रता दिएको बताउँदै आवश्यक पूर्वाधार खरिद गर्न विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको जानकारी पनि दिएका छन् । उनले महानगरलाई सफा गर्न र फोहोरमुक्त बनाउनका लागि आवश्यक परेको खण्डमा ब्रुमर खरिद गर्नेगरी योजना तर्जुमा गरेको समेत खुलाएका छन् ।

त्यस्तै उनले ल्याण्डफिल्ड साइडलाई पोखरा–३३ को टिमुरफाटामा लाने भनिएपनि त्यहाँका स्थानीयबासीहरुको अवरोधको पनि महानगरले विकल्प खोजिरहेको जानकारी दिएका छन् । उनले यहाँका फोहोर व्यवस्थापनका लागि फोहोरको प्रकृति अनुसार व्यवस्थापन गर्ने बताए ।

मेयर आचार्यले निर्माणधिन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि ल्याण्डफिल्ड साइड सार्नैपर्ने जनाउँदै फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई केही समय मात्रै म्याद थपेको जानकारी पनि गराए ।

यस्तै उनले एउटा फरक प्रसंगमा बोल्दै आफुले महानगरको काममा अवरोध पुग्ने खालका कुनै पनि कार्यक्रम उद्घाटन, सभा सम्मेलनमा नगएको समेत स्पष्ट पारेका छन् ।

पोखरा महानगरको ११ औं नगरसभाले सर्वसम्मत पारित गरेको बजेटमा सम्मुन्नत पर्यटकीय पोखरा बनाउने, पर्यटनको पूर्वाधार निर्माण गर्ने, पार्कहरु निर्माण, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, सडक सौन्दर्यकरण गर्ने, वातावरण संरक्षण गर्ने, उद्यमशील तथा रोजगार केन्द्रित कार्यक्रमहरुलाई अघि सार्ने र ग्रामीण एवं शहरको सन्तुलित विकासका लागि प्राथमिक्तामा दिई त्यसै अनुरुपका साथ बजेट विजियोजन गरेको छ ।

त्यस्तै महानगरले सवारी जोखिम न्युनीकरणको लागि न्युरोड र मुख्य सडकमा डिभाइडर राख्ने, सडकहरुमा रोड मार्किङ, एक वडा एक सार्वजनिक शौचालय निमार्ण कार्य, ट्राफिक लाइट र सि.सि. क्यामेरा जडान कायृ, सोलार लाइटका साथै स्मार्ट सडक बत्ती राख्नका लागि पर्याप्त बजेट छुट्याईको पनि जनाइएको छ ।

महानगरले आर्थिक वर्ष ०७९÷०८० का लागि कुल बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार छुट्याएको छ ।यस मध्ये पूर्वाधार विकास कार्यक्रममा ४ अर्ब ५३ करोड ९२ लाख र महानगरको साधारण र महाशाखातर्फ ३ अर्ब ५१ करोड ५३ लाख ५५ हजार र वडा कार्यलयहरुतर्फ ७२ करोड ६० लाख बजेट विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ४० प्रतिशले बढी रहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्