आज भानु जयन्ती, देशैभरि बिभिन्न कार्यक्रम गरि मनाईदै
  • प्रमुख खबर

आज भानु जयन्ती,अर्थात भानुभक्त आचार्यको जन्मदिन देशैभरि बिभिन्न कार्यक्रम गरि मनाईदैछ ।
२९ असार १८७१ मा तनहुँको चुँदी रम्घामा जन्मिएका र ६ असोज १९२५ मा मृत्युवरण गरेका भानुभक्तले आफ्नो ५४ वर्षको जीवनावधिमा ‘रामायण’, ‘भक्तमाला’, ‘प्रश्नोत्तर’, ‘बधूशिक्षा’, ‘रामगीता’ र ३ दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर नेपाली साहित्यको जग बलियो बनाएका छन् ।

नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ ।भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ लगायतका क्षेत्रहरू अनि नेपाली समाज भएका विश्वभरिकै देशहरूमा भानु जयन्ती मनाइन्छ । भानुभक्त कवि मात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरूमा भानुभक्तको लय अझै जीवित छ 

तपाईको प्रतिक्रिया दिनुहोस्