पोखरा । असाढ ३२
संजय थापा
शुक्ला साहित्य प्रतिष्ठानले २०९ औ आदिकवि भानुभक्त जयन्तीको अवसरमा वाचन तथा श्रवण कार्यक्रम सम्पन्न गरेको छ। सुमन राज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठान का दितिय उपाध्यक्ष दुर्गा बस्नेतले राख्नु भएको थियो । साथै उँहाले आदिकवि भानुभक्त आचार्यको चर्चा परिचर्चा गर्नुको साथै उहाँकै कबिता बाचन गर्नु भएको थियो ।
शुक्ला साहित्य प्रतिष्ठानका संरक्षक मदन बादुर खत्रिले आदिकवि भानुभक्त आचार्यले नेपाल र नेपालीलाई गीत ,कविता र लयको संसार नै उपहार दिएको बताउनुको साथै भानुको महिमा अपराम्पार रहेको हुदा सबैले भानुको स्मरण गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यस्तैगरी शुक्ला साहित्य प्रतिष्ठानका सल्लाहकार सुबास बाबु अधिकारीले देशको समसामयिक परिबेशमा आधारीत कविता बाचन गरेर आदिकवि भानुभक्त आचार्यलाई सम्झनु भएको थियो। कार्यक्रममा शुक्ला साहित्य प्रतिष्ठानको भजन कवि भानुको नाउँमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा करीब ७० जना भन्दा बढी साहित्य प्रेमीहरु साथै बिभिन्न ब्यक्तिहरूको उपस्थित रहेको थियो । भने कार्यक्रम सञ्चालन शुक्ला साहित्य प्रतिष्ठानका सचिव गीता भण्डारीले गर्नुभएको थियो ।