हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दै बजारमा तिजगीतको होडबाजी चलिरहेकै बेला पनि बिशुद्द मौलिक गीत कमै आइरहेको पाइन्छ । थोरै मौलिक गीत मध्यको यौटा गीत “टिकटक छोडिन्न” पनि एक हो प्रदेशी भुमिमा रहेर मौलिक श्रृजनामा कलम चलाउदै साङ्गीतिक क्षेत्रमा उदाउन खोजिरहेका सर्जक नयन शर्माको उत्कृष्ट लय शब्द श्रृजनामा बजारमा आएको उक्त गीतमा चर्चित गायक रामजी पौडेल,बलराम अधिकारी,नबिन शर्मा,बिष्णु दाहाल ,सम्झना क्षत्री,कल्पना सिग्देल,र अर्चना चापागाइको आवाज रहेको छ भने अन्तर्राष्ट्रिय जेठानी नामले टिकटकमा चर्चित बिनिता पौडेल,मिना भट्टराई,कल्पना सिग्देल,कुमार गौतम,रेशम थापा ,मुन्द्रेमान श्रेष्ठ र नबिन लामिछानेको अभिनय रहेको छ ।
पारिवारिक संवादमा रहेको उक्त गीतले परम्परागत शैलिको तिज माइती लिन गयपछी मात्र चेली तिजमान्न आउने देखि लियर समाजमा सामाजिक सञ्जाल टिकटकको दुरुपयोगले गर्दा पारिवारिक खटपट कसरी हुन्छ भन्ने बिषय सम्म समेट्न खोजियको छ । उक्त गीतमा सुमधुर संवाद पारिवारिक कलह खुशी हर्ष र केही पिडा पनि महसुस गर्न सकिन्छ । लगभग २५मिनेटको उक्त गीतको म्युजिक एरेन्ज सुनिल परियारले गरेका हुन् भने गीत रेकर्ड पोखराको नमस्ते ब्रोडकास्टिङ स्टुडियोबाट साहिल गायकले गरेका हुन गीतको मिक्सिङ कार्य काठमाडौंको मारूनि स्टुडियोमा गरिएको हो। उदयमान निर्देशक पदम नेपालीको निर्देशनमा रहेको उक्त गीतको भिडियोलाई गणेश सापकोटाले खिचेका हुन भने, सुबास अम्गाईले सम्पादन गरेका हुन् उक्त गीत कुमार गौतम युटुब च्यानलबाट सार्वजनिक गरियको गीतका सर्जक नयन शर्माले बतायका छन् । भिडीयोको लागी तल दिएको लिङ्गमा क्लिक गर्नु होला । https://youtu.be/YtnI2RJp0zg