दीप यूनाइटेड क्लबको ७ औ वार्षिक साधारण सभा कार्यक्रम  सम्पन्न
  • प्रमुख खबर

संजय थापा / पोखरा ।
साउन ०८

पोखरा १६ को दिपमा अबस्थित दीप यूनाइटेड क्लवले सदभाव र सहकार्यका लागी एकता” भन्ने मुल नाराका साथ क्लबको ७ औ वार्षिक साधारण सभा कार्यक्रम  सम्पन्न गरेको छ । दीप यूनाइटेड क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति प्रज्ञा सरूभक्त रहनु भएको थियो । उँहाले क्लबका कार्यक्रमको प्रशंसा गर्दै आऊँदा दिनहरूमा क्लबको प्रगतिको लागी शुभकामना व्यक्त गर्नु भएको थियो ।         

कार्यक्रममा शुभकामना मन्तव्य क्लबका उपाध्यक्ष बिष्णु गुरूङ, प्रमुख सल्लाहकार राजेश गुरूङ, दीप हाउजिङ समाजका अध्यक्ष मेजर हितमान गुरूङ, दिप ज्योति तमु समाजका अध्यक्ष सुवेदार भक्त गुरूङ, समाजसेवी दुर्गा थापा,समाजसेवी शोभा मोहोन पौडेल र क्लबका निवर्तमान अध्यक्ष मानकाजी गुरूङले शुभकामना मन्तव्य राख्नु भएको थियो ।                   

सोही कार्यक्रममा पोखरा महानगर पालिकाका वडा नम्बर १६ का नब निर्वाचित जनप्रतिधीलाई बधाई एवंम् सम्मान कार्यक्रम राखिएको थियो । वडा नं १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले क्लबले बिगतका दिनहरूमा पनि सामाजिक कार्यहरू गर्दै आएको र अबका आउँदा दिनमा क्लब सँग सहकार्य गर्दै विकास निर्माण कार्यमा अगाडी वढ्ने जानकारी दिनु भयो । त्यस्तै वडा सदस्य रामचन्द्र आचार्यले क्लबले गरेका हरेक कार्यहरू प्रस्सनिय रहेको हुदा सबैले क्लव प्रति एकताबद्ध भई अगाडि बढ्नु पर्नेमा आग्रह गर्नु भयो ।

क्लवका सचिव भिम प्रसाद आचार्यले सचिवको प्रतिवेदन र कोषाध्यक्ष उषा गूरूङले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नु भएको थियो । क्लबले आयोजनागरेका विभिन्न कार्यक्रमहरूमा देउसी भैलो, फुटसल , बनभोज कार्यक्रमका संयोजक प्रदीप गुरूङ र भित्ते पात्रो प्रकाशनका संयोजक योगेन्द्र राज भण्डारीलाई सम्मान गरिएको अध्यक्ष खेमराज आचार्यले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न संघ संस्थाका ब्यक्तिहरूको उपस्थित रहेको थियो । भने कार्यक्रम संचालन क्लवका सचिव भिम प्रसाद आचार्यले संचालन गर्नु भएको थियो ।                         

 

तपाईको प्रतिक्रिया दिनुहोस्