काठ्माण्डौं ।
गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । तीजको लागी नयाँ गीत सार्वजनिक गरिएको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको गीतमा भावनाको स्वरसँगै शब्द र संगीत पनि रहेको छ । गीतमा कोरस स्वर चेतना बि.क.को रहेको छ ।
गीतको भिडियोमा भावनासँगै मनिता कुलालको नृत्यलाई अशोक धिताल र दिलिप ओखेडाले साथ दिएका छन् ।
गीतकी गायिका तथा निर्मात्री भावनाले यसबर्षको तीज पर्वलाई लक्षित गरी गीत सार्वजनिक गरेको बताउँदै दिदीबहिनीलाई नाच्न मिल्ने गीत रहेको पनि जानकारी गराएकी छन् ।
यस गितको भिडियोको निर्देशन गम्भीर विष्टले गरेका छन् भने मुकेश हुमागाईंको छायांकन रहेको छ ।नविन निरौलाले सम्पादन गरेको भिडियो गायिका स्वयंकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।यसअघि भावनाको बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले राम्रो चर्चा बटुलेका थिए ।