काठ्माण्डौं ।
विश्व हिन्दु युवा संघ ललितपुरले “कलाकारहरु हिन्दु संघमा किन” भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा सम्पन्न भएको हो । विश्व हिन्दु युवा संघका केन्द्रिय अध्यक्ष ऋषिकेष शाहले नेपालको सार्वभौमसत्तामा आँच आउने कार्यहरु भईरहेको कारणले यसलाई जोगाउन कलाकारहरुले आफ्नो कला मार्फत जागरण फैलाउनुपर्ने बताउँदै अब कलाकारहरु जाग्नुपर्ने बताएका छन् ।
शाहले हाम्रो देश कला सस्कृंतीले भरिपूर्ण भएको तर हामी भड्किएर यत्रतत्र नलागी अब यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै सोही कार्यक्रममा विश्व हिन्दु युवा संघको ललितकला विभाग प्रमुख विश्वकला यात्री नगेन सिंहले नेपाल ललितकला विकास वोर्ड स्थापनाको निम्ती सबै कलाकार एकजुट हुनुपर्ने आवश्क रहेको जनाउँदै कलाकार राष्ट्रको सुन्दर अंग रहेको बताएका छन् ।
विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य सुमन मगरले आफुले विभिन्न देशहरुको भ्रमण गर्दा नेपाल कलाको हिसाबले विश्वको संग्रालय भएको थाहा पाएको बताएका छन् । उनले हाम्रो देशमा कला संस्कृतिलाई जोगाउन अति आवश्यक भएको बताएका छन् । उनले हामीले मागेर खाने भन्दा पनि काम गरेर खान सिकाउनु पर्ने पनि बताएका छन् ।
सो अन्तरक्रिया कार्यक्रममा विश्व हिन्दु युवा संघको ललितकला विभागका सर्लाहि जिल्ला अध्यक्ष गोपी श्रेष्ठले ललितकलाको विकासको लागि सबै संघसंस्थामा आवद्ध हुनुपर्ने बताएका छन् । त्यस्तै सोही कार्यक्रममा विश्व हिन्दु युवा संघको ललितकला विभागका ललितपुर जिल्ला अध्यक्ष राजन महर्जनले हामीले कला मार्फत धेरै कार्य गर्न सकिने र अब कला मार्फत जागरण ल्याउन जरुरी भएको पनि स्पष्ट पारेका छन् ।