पोखरा । श्रावण १७
पोखरामा अस्ति बेलुका देखी परेको अविरल बर्षाको कारण पोखराका विभिन्न ठाउँ मा बाढी पहिरोबाट समस्याहरु आएका छन् । यसै गरी वडा न २० मा पनि यस्ता समस्या आएका कारण हामीलाई ध्यानाकर्षण भएको वडा २० का अध्यक्ष गंगा बहादुर खत्रीले बताउनु भयो । उँहाले भन्नु भयो हामी अत्यन्तै दुखी छौ । अन्ततः हामिले आज ४ स्थान हरुमा डोजर लगाई केही मात्रामा भएपनि ब्यबस्थापन गरेका छौ ।हाम्रो यो कार्य निरन्तर रहिरहने छ तर सामाजिक संजालहरुमा तथानाम आदर्शका कुरा छाट्ने महोदयहरु यो बिपद पर्दा मुक्दर्शक नै देखियो। वडाको जुनसुकै क्रियाकलाप होस चुनाबका बेलामा दिएका आश्वासन पूरा गर्नु तिर लाग्नु पर्ने बताउनु भयो ।
हिजो रातीको बर्षाले वडा नजिकैको पुल नेर पनि बाटो भासीएको हुदा वडा बासीलाई अति आवश्यक काम बाहेक घरै बसेर सुरक्षित रहनु होला हिड्नै परे एकदम ख्याल राखेर यात्रा गर्नु होला । र बिशेष गरी वडा भरी कहाँ कहाँ सडक अबरुद्ध साथै समस्या छन टिपाउदै गर्नु होला। जसका लागि सम्पर्क न ९८५६००३०२०, ९८५६०५३४४२ रहेको छ ।
पुनश्च: पोखरा महानगर पालिका वडा न २० को मुख्य द्वार मानिने मुडुलो चौतारी देखि रयालेचौर जाने बाटो अति जिर्ण भैसकेको हुदा उक्त सडक प्रयोग नगरी बैकल्पिक मार्ग भलाम हुँदै कोमागाने अस्पताल को बाटो प्रयोग गरिदिनु हुन सरोकारवाला ज्यु हरुलाई आग्रह गर्नु भएको छ ।