पोखरा ।
सरकारले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले देशैभर एकै चरणमा मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
हिजो बुधबार बसेको सत्ता गठबन्धनकोे बैठकले मंसिर ४ मा प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन एकै साथ गर्ने सहमति गरेको थियो । सोही सहमति अनुसार आजको बैठकबाट मंसिर ४ मा निर्वाचन गर्ने निर्णय गरेको हो ।