श्री महेन्द्रेश्वर महादेव गुठि राम्चे आश्रम संरक्षण समिती द्वारा जनप्रतिनिधिलाई सम्मान
  • प्रमुख खबर

पोखरा ।  श्रावण,१९                                     पोखरा १६ मा अबस्थित श्री महेन्द्रेश्वर महादेव गुठि राम्चे आश्रम संरक्षण समितिका अध्यक्ष एवं संरक्षक श्री रिपुमर्दन थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा  उहाँले सबैको साथ र समर्थन भयमा मन्दिर छिट्टै बन्ने कुरा कुनै दुई मत नरहेको हुदा प्रदेश सरकारबाट पनि साथ र समर्थन अति नै आवश्यक परेको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति श्री शुक्रराज शर्मा रहनु भएको थियो । भने बिशेष अतिथि वडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना, वडा नम्बर  १९ का वडा अध्यक्ष पुस्पेन्द्र पाण्डे र नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका प्रबक्ता माधब प्रसाद बास्तोला रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य श्री महेन्द्रेश्वर महादेव गुठि राम्चे आश्रम महिला उपसमितिका संयाेजक श्री गंगा कुमारी कुँवर थापाले राख्नु भयकाे  थियाे ।                                                                 

शिवालयकाे बारेमा वडा नम्बर  १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना, वडा नम्बर  १९ का वडा अध्यक्ष पुस्पेन्द्र पाण्डे, कणेश्वर शिवालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर बाँनिया, समाजसेबि माेहन बहादुर खत्री , लायन्स क्लव अारम्भ चाैतारी न्युराेडका अध्यक्ष माया बराल लगायतले अाध्यात्मिकता र आ- आफ्ना धारणा राख्नु भयकाे थियाे । उहाँहरूले सधै काम मात्र नभनि केहि समय अाध्यात्मिक र भगवानका कुरा गरेर समय बितायमा मानिसमा नयाँ उर्जा थपिने हुदा धर्म कर्म मा मन लागे सुखको अनुभुती हुने बताउनु भयो ।                         

सोही कार्यक्रममा हालैकाे स्थानिय चुनावमा वडा नं १६ र वडा नं १९ बाट बिजयी हुनु भयका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । त्यस्तै यस गुठि अाश्रमलाई संरक्षण र बिकासमा महत्वपुर्ण याेगदान दिने १० जना समाजसेवी ब्यक्तिहरूलाई सम्मान गरिएको क्षेत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापाले जानकारी दिनु भयो ।                       

करिव १२ राेपनि क्षेत्रफलमा फैलियकाे शिवालयमा हाल सम्भवत पाेखरा १६ काे नै सबैभन्दा ठुलाे शिवकाे मन्दिर स्थापना गर्ने र उक्त मन्दिरकाे तिन तल्लाकाे ढलान कार्य सम्पन्न भईसकेकाे छ । उक्त कार्यक्रममा शिवका भक्तजनहरुबाट  रु १,६७,५१० रुपैया स्वस्फुर्त रुपमा श्री महेन्द्रेश्वर महादेब गुठि राम्चे अाश्रम समितिकाे नाममा संकलन भएको थियाे । कार्यक्रम संचालन क्षेत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापाले संचालन गर्नु भएको थियो  ।

तपाईको प्रतिक्रिया दिनुहोस्