नेकपा एमाले कास्कीकाे इन्चार्जमा थापा
  • प्रमुख खबर

नेकपा एमालेको सचिवालय बैठकले कास्कीको इन्चार्ज परिवर्तन गरेको छ । आज काठमाण्डाैंमा बसेकाे सचिवालय बैठकले केन्द्रीय सदस्य कृष्ण थापालाई एमाले कास्कीकाे इन्चार्जकाे जिम्मेवारी दिएकाे प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भएको छ ।

यसअघि केन्द्रीय सदस्य भीम कार्की एमाले कास्कीकाे इन्चार्ज हुनुहुन्थ्यो  । कार्कीलाई कास्की इन्चार्जबाट हटाएर भूमि व्यवस्था विभागकाे उपप्रमुखकाे जिम्मेवारी दिइएकाे छ ।                                                                                                           पोखरा महानगरपालिका मेयरमा प्रत्यासी थापा यसअघि कास्की सह ईन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्