संजय थापा पोखरा । श्रावण, २८
पोखरा महानगरपालिका वडा नम्बर १६ र नेपाल रेडक्रस सोसाइटी उपशाखा कास्की पोखरा १६ को आयोजनामा विपद व्यवस्थापन अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ।
बिपत व्यवस्थापन अभिमुखी करण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला का उपसभापति कृष्ण तिमिल्सिनाको प्रमुख अथितीमा भएको कार्यक्रममा बिशेष अथिती को रुपमा वडाध्यक्ष अमृत तिमिल्सीना रहनु भएको थियो । तिमिल्सिनाले कार्यक्रममा भूकम्प ,बाढीपहिरो, आगलागी ,बनबिनासजस्ता प्राकृतिक रुपले विपत निम्ताउने र तिनबाट बच्नको लागि के के गर्नु पर्दोरहेछ भन्ने बिषय मा प्रशिक्षित हुने मौका दिनुभएकोमा नेपाल रेडक्रस सोसाइटी जिल्ला कमिटी र पोखरामा महानगरपालिका वडा नम्बर १६ कमिटी प्रती आभार प्रकट गर्नुभएको थियो।
कार्यक्रममा बिपत ब्यबस्थापनमा रेडक्रस को भुमिका, रेडक्रसको नियमकानुन ,अधिकार ,परिभाषा र कार्य को बारेमा सहभागी सबैलाई प्रशीक्षण गराईएको थियो । भने रेडक्रस का जिल्ला सदस्य नवराज भण्डारीले विपत बाट कसरी बच्न सकिन्छ भन्ने बारेमा विभिन्न टपिक्स मा आधारित रहेर सबैलाई प्रशिक्षित गर्नु भएको थियो। कार्यक्रममा वडा १६ का वडा सदस्य लगायत विभिन्न संघ संस्थाका ब्यक्तिहरूको उपस्थित रहेको थियो । भने कार्यक्रम संचालन संस्थाका सचिव दुर्गादत्त आचार्यले संचालन गर्नु भएको थियो ।