पात्ले युवा क्लबको साधारणसभा तथा प्रथम अधिवेशन कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पोखरा ।                                                      पोखरा महानगरपालिका १९  मा अवस्थित पात्ले युवा क्लबले आफ्नो साधारणसभा तथा प्रथम अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष विष्णु प्रसाद गौतमको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. १९ का अध्यक्ष पुस्पेन्द्र पाण्डे रहनु भएको थियो । पाण्डेले कार्यक्रममा बोल्दै हामी जुनसुकै पाटीको रहे पनि जनताको मतले बिजय भए पछि एक आपसमा मिल्दै वडा बिकास गर्न तर्फ लाग्नु पर्छ र सदा वडालाई स्तरउन्नती तर्फ लैजानु पर्नेमा प्रकाश पार्नु भयो ।

कार्यक्रममा शुभकामना मन्तब्य  नेकपा माओवादीका अध्यक्ष निर्मल बास्तोला, नेपाली कांग्रेसका अध्यक्ष विष्णु प्रसाद बास्तोला, नेकपा एमालेका विष्णुप्रसाद गौतम, जनप्रतिनिधिहरु विकास आचार्य र दुर्गा बस्नेत र क्लब का सल्लाहकार बिकास गौतम ले आफ्नो सुभकामना मनतव्य राख्नुभएको थियो।                   

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै क्लबका सल्लाहकार विकास गौतमले वडा बाट उपलब्ध हुने सहयोग वडा भित्रका सबै संघ- संथालाई सम्मान तबरले बितरण गर्नु पर्ने बताउनु भयो । त्यस्तै जनप्रतिनिधि दुर्गा बस्नेतले आज देशले युवा मागी रहेको अबस्थामा अबको जिम्मेवारी युवालाई दिने र युवा ले हामी यो काम गर्छौ भनेर भिजन प्रशस्तुत गरी आएमा वडा कार्यलय हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो ।

सोही क्रममा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएकोमा ५५ युनिट ब्लड संकलन गरिएको थियो ।     

दोस्रो चरणको अधिवेशन कार्यक्रममा सर्वसम्मत अध्यक्षमा विष्णुप्रसाद गौतम(कमल) ,उपाध्यक्ष मा हरिदत्त बास्तोला, सचिवमा नवराज बास्तोला, कोषाध्यक्षमा केशव राज बास्तोला, सहसचिवमा कुमार गौतम र सदस्यहरुमा विजय गौतम, शंकर बास्तोला, बिन्दु बास्तोला, संगीता बास्तोला, सन्दिप केसी र  हेमराज बास्तोला निर्वाचित हुनुभएको थियो। भने कार्यक्रम संचालन क्लबका सचिव नवराज बास्तोलाले सन्चालन गर्नु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्