नेवाः खल कास्कीको तत्त्वावधान र मोहरिया–सिंहनाथ टोल तायाः मचा समिति पोखराको आयोजनामा तायाः मचा नृत्य प्रतियोगिता यही भाद्र ४ हुने
  • प्रमुख खबर

smart

पोखरा ।
सरिता गुरुङ्ग

नेवाः खल कास्कीको तत्त्वावधान र मोहरिया–सिंहनाथ टोल तायाः मचा समिति पोखराको आयोजनामा तायाः मचा नृत्य प्रतियोगिता हुने भएको छ । यस वर्ष “हाम्रो प्रणः संस्कृति संरक्षण र संवद्र्धन” भन्ने नाराका साथ पोखरामा उक्त नृत्य प्रतियोगिता आयोजना हुन लागेको हो ।

पोखराको ऐतिहासिक एंवं मौलिक संस्कृति तायाः मचा नृत्य को संरक्षण र संवद्र्धन गर्ने उद्देश्यसहित प्रतेक वर्ष फरक–फरक टोललाई आयोजनाको जिम्मेवारी प्रदान गरि सो प्रतियोगिता सम्पन्न हुँदै आईरहेको छ ।

यस वर्ष पनि यस प्रतियोगिता यही भाद्र ४ गते शनिबारको दिन विन्ध्यबासिनी पार्कमा आयोजना हुने आज पोखरामा प्रतियोगिताबारे जानकारी दिने उद्देश्यसहित आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

लोपोन्मुख तायाः मचा नाचको संरक्षणसहित नेवारी परम्परा र संस्कृतिलाई जोगाउँदै नयाँ पुस्तालाई यस नृत्यप्रति आकर्षित गराउने मुख्य उद्देश्यसहित यस प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक मोहरिया–सिंहनाथ टोल तायाः मचा समितिका अध्यक्ष शिव प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त प्रतियोगितामा २३ तायाः मचा समूहको सहभागिता रहने र सो प्रतियोगीहरुमध्ये ५ महिला नृत्य समूहले सहभागिता जनाउने अध्यक्ष श्रेष्ठले बताएका छन् । २०५४ सालबाट शुरु भएको तायाः मचा नृत्य प्रतियोगिता यसपटक २४ औं पटक हुन लागेको उनले बताएका छन् ।

त्यस्तै यस प्रतियोगिताका बिजेताले नगद रु ३५ हजार, उप–बिजेताले नगद रु २५ हजार, तेस्रो हुने नगद रु १५ हजार र सान्त्वना हुने एक समूहले ५ हजारसहित प्रमाण–पत्र प्रदान गरिने समेत आयोजकले जनाएको छ । यस प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख लाग्ने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्