पोखरा–२५ मा चौरासी नहर निर्माण तथा सुइखेत फाँट डुवान नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

पोखरा–२५, हेमजाले चौरासी नहर निर्माण तथा सुइखेत फाँट डुवान नियन्त्रण सम्बन्धी विस्तृत कार्ययोजनाको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।बिहिबार पोखरा–२५, हेमजाको वडा कार्यलय भवनमा नै वडा स्तरीय विपद् व्यवस्थापन समितिको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

अषाढ १० गते परेको अविरल वर्षाका कारण पोखरा–२५, हेमजा, सुईखेतमा आएको बाढी पहिरोका कारण बस्ती डुवान परेको थियो भने चौरासी नहर ठाउँ–ठाउँमा फुट्न गई विभिन्न समस्या समेत सृजना भएको छ । दिर्घकालिन रुपमा सोही समस्या समाधानको निम्ति यस कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उर्जा सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्यले राजनितीक यात्राको दौरान २०६०÷०६१ सालमा यस क्षेत्रमा एक्दम कम रुपमा मानवबस्ती मात्र भएको, हिड्दा समेत आफुले लगाएको कपडालाई माथी सारेर हिड्नु पर्ने अवस्था त्यतिबेला भएको तर अहिले यहाँ बाक्लो मानवबस्तीहरु रहेको, त्यही अनुरुपमा सडकहरु समेत विस्तार भएको हुदाँ यहाँ पानीको निकासा नहुदाँ समस्या सृजना भएको बताए ।

त्यसैले उनले यो विषय अति संवेदनशील भएकोले अब विगतमा जे–जस्तो भएतापनि अबको विषय भनेको समस्या समाधानका उपायहरु के–के हुनसक्छन् भन्ने कुराले महत्व राख्ने र त्यसैको लागि भनेर आफुहरुले पटक–पटक वडा अध्यक्षसंग समेत कुराकानी गरिरहेको जानकारी दिए ।

मन्त्री आचार्यले स्वय आफु पनि डुवान परेको क्षेत्रमा आएर त्यहाँ भएका क्षति र अवस्थाकोबारेमा राम्रोसंग नजिकबाट नै हेरेको पनि बताए ।विशेष गरेर सुइखेत खोला उताबाट बगि रहेको तर त्यो बगेको पानी यता बस्तीमा आउने परिस्थित भएको हुदाँ यसको समाधानको लागि अबका दिनहरुमा यहाँका स्थानीय जनप्रतिनिधिहरुले पनि घरको नक्सा सिफारिस गर्दा घरलाई त्यो बग्ने पानीको लेबल भन्दा माथी उठाउने गरी सिफारिस दिन जरुरी भएको समेत बताए । यसको लागि वडा कार्यालय र नगरपालिकाले पनि विशेष रुपमा ध्यान दिन जरुरी भएको उनले बताए ।

उनले घर उठाउने भन्ने कुरा राज्यले जिम्मा लिन नसक्ने त्यो व्यक्तिले गर्नुपर्ने हुदाँ र अब जमिन पनि त्यही प्रकारको भएको र कि पहिला नै मध्यमार्गी लोकमार्गलाई अलि डाउन स्केलमा लानुपर्ने थियो तर त्यस समय जमिनको सतहभन्दा अलिकति माथी हामीले त्यसको हाइट बढायौं यसले गर्दा पनि केही समस्या पैदा भएको बताए । यसको व्यवस्थापनको लागि मध्यमार्गी लोकमार्गसंग आफुहरुले उचित रुपमा सहकार्य गर्ने समेत जनाकारी दिए ।

उनले अघिल्लो वर्ष आफ्नो मन्त्रालयमा ३ अर्ब बजेट भएकोमा यस वर्ष अर्थ मन्त्रालयलबाट उक्त बजेट घटाएर २ अर्ब मात्र दिएको तर सो बजेटको रकम अङ्क घटेर यहाँहरुकोबीचमा आएतापनि काम गर्ने सन्र्दभमा अप्ठ्योरो नमानी आफुहरुको कार्यालयसंग सम्र्पक र सम्वन्य गर्दै काम गर्दै जान आग्रह गरे ।

सुइखेत बासीलाई राज्य छैन भन्ने कुराको कतिपनि अनुभुति नगराउने र हाम्रो राज्य छ साथै राज्य आवश्यक परेको ठाउँमा आईपुग्ने भन्ने कुराको आफुहरुले राम्रोसंग बोध गराउने विश्वास समेत उनले व्यक्त गर्न चाहेको स्पष्ट पारे ।मन्त्री आचार्यले आफु गोर्खाबाट निर्वाचित भएपनि मन्त्रीको हैसियतले आफ्नो मन्त्रालयको तर्फबाट गर्नुपर्ने साथ र सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

 

त्यस्तै उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जोखिमपूर्ण क्षेत्रमा अध्ययन नगरी बस्तीहरु बसाल्दा भविष्यमा यस्ता कृयाकलापले ठूलो समस्या निम्त्याउने बताउँदै बस्ती बसाल्नुपुर्व सचेत हुन अति जरुरी भएको स्पष्ट पारे ।

उनले पहाडी भू–भागका विभिन्न ठाउँमा रहेको अव्यवस्थित बस्तीका कारण भाद्र महिनाभरि कतै बाढी पहिरो जानेको हो कि र यसले ठूलो क्षति गर्ने हो कि भन्ने त्रासमा अझै पनि बस्नुपर्ने अवस्था रहेको जनाए ।

महानगर प्रमुख आचार्यले विशेषगरी हिजोका दिनमा तराईमा बस्ती डुवानमा पर्ने गरेको थियो र पहाडमा पहिरोको जोखिम हुने गथ्र्यो तर अहिले हाम्रो पहाडी भू–भागका केही स्थानहरु पनि अवस्थीत बसोबासका कारण बस्ती डुवानमा पर्ने गरेको बताए । पोखराको वडा नं। १३ र २५ यो वर्ष वर्षाको कारण डुवानमा परको थियो ।

उनले विगतमा जे–जस्तो भएता पनि अब यहाँ भएका घरहरुलाई डुवानबाट रोक्न दिर्घकालिन रुपमा के–कस्ता योजना बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने बताउँदै तत्काल अल्पकालिन समस्या समाधानका उपायहरु पनि के–के हुनसक्छन् त्यसतर्फ समेत केन्द्रि रहनुपर्ने समेत बताए ।

यस्तै सो कार्यक्रममा पोखरा–२५ हेमजाका वडा अध्यक्ष मोतीराज तिमिल्सिनाले हेमजा सुइखेतमा यस वर्ष आएको बाढी पहिरो र सो विपद्ले निम्त्याएको क्षतिकोबारेमा बताएका थिए । उनले आफुहरुले नहरमा भएको फोहोर हटाउने कामहरु गरेको र कतिपयको घरभित्र भलपानी पस्दा घरभित्र पसेको माटो निकाल्ने कार्य पनि भईरहेको जानकारी पनि गराएका थिए ।

त्यस्तै कार्यक्रममा पूर्व वडा अध्यक्ष शोभाखर तिमिल्सिना, पूर्व गा।वि।स।अध्यक्ष रामचन्द्र त्रिपाठी, हेमजा सिँचाई प्रणालीका अध्यक्ष दुर्गा प्रसाद तिमिल्सिना, चौरासी नहर निर्माण समितिका सचिव कमलमणि त्रिपाठी, सुईखेत खोला नियन्त्रणका सचिव देवी प्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा सभापति नेत्रपाणी भण्डारी लगायतले आ–आफ्नो विचार र भनाइहरु राखेका थिए ।

पोखरा–२५ का वडा अध्यक्ष मोतीराज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम संचालन भने सचिव इश्वरी पोखरेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्