पाेखरा ।
अर्जेवा बाग्लुङ पाेखरा सम्पर्क समाज पाेखरा कास्कीकाे साधारण सभा तथा प्रथम अधिवेशनले झलकबहादुर खत्रीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वस्ममत चयन गरेकाे छ । अधिवेशनले समाजकाे वरिष्ठ उपाध्यक्ष विराज शर्मा, महिला उपाध्यक्ष माया क्षेत्री, सचिव निशान के.सी.सहसचिव अजय क्षेत्री, काेषाध्यक्ष इन्द्रकला शर्मा, सहकाेषाध्यक्ष ज्ञानेन्द्र शर्मा चयन गरेकाे छ ।
समाजकाे सदस्यहरुमा सुर्यबहादुर थापा क्षेत्री, रिता शर्मा, निर्मला रेग्मी, कल्पना थापा के.सी,भिमा शर्मा र यामबहादुर सुवेदी चयन भएका छन् । ल्लाहाकारहरुमा ललित कुँवर, तुलबहादुर पुन, नरबहादुर पुन, मिनबहादुर पुन र रामबहादुर के सी चयन भएका छन् ।
नवनिर्वाचित समितिले अाउदाे ९ गते हरितालिका तिजकाे अवसरमा अर्जेवावासीहरुलाई दर खुवाउने निर्णय समेत गरेकाे छ । बाग्लुङकाे अर्जेवाबाट पाेखरा अाई बसाेवास गर्ने अर्जेवावासीहरु एकजुट भई दुखसुखमा सरसहयाेग गर्ने उद्देश्यले अर्जेवा बाग्लुङ पाेखरा सम्पर्क समाजकाे स्थापना गरिएकाे वरिष्ठ उपाध्यक्ष विराज शर्माले जानकारी दिए ।