क्षत्री समुदाय समाजकाे दुई काेठे क्षत्री भबन उदघाटन कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

भाद्र ४,  पोखरा ।

पोखरा १६ बाटुलेचौरको गैह्राकाेलमा अबस्थित क्षत्री समुदाय समाजकाे दुई काेठे क्षत्री भबन उदघाटन तथा प्रथम बार्षिक साधारण सभा कार्यक्रम आज सम्पन्न भएको छ । क्षत्री समुदाय समाजका अध्यक्ष हाेम बहादुर थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भाैतिक पुर्वाधार, शहरि बिकास तथा यातायात ब्यवस्था माननिय मन्त्री कुमार खड्का रहनु भएको थियो । उहाँले   बिभिन् आरोह अबरोह खेपेर क्षत्री समाज स्थापना भएको र क्षत्री समाज नेपालले नै कतिपय राष्ट्रिय मुद्दा उठान गरी समस्याको समाधान गरेको बताउनु भयो साथै अहिले को अबस्थामा हामी यो त्यो जातजातीय नभनीकन समाजमा मिलेर बस्नु पर्ने र राष्ट्रका लागि सबै मिली बिकासका  कार्यलाई अगाडि बढाउनु पर्ने कुरामा प्रकाश पार्नु भयो ।           

त्यस्तै बिशिष्ठ अतिथि, क्षत्री समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष बेनि बहादुर बस्नेत, क्षत्री समाज नेपाल कास्की जिल्ला समिति अध्यक्ष पदम बहादुर कार्कि र वडा कार्यालय १६ का वडा सदस्य राजकुमारी बानिया रहनु भएको थियो । भने अतिथि क्षत्री समाज नेपाल पाेखरा १६ का सचिव गाेबिन्द बहादुर थापा (राजेन्द्र) रहनु थियो । कार्यक्रममा स्वागत मन्तव्य क्षत्री समुदाय समाजका बरिष्ठ उपाध्यक्ष भिम बहादुर थापाले राख्नुभयकाे थियाे ।       

कार्यक्रममा क्षत्री समुदाय समाजकाे दुई काेठे क्षत्री भबन निर्माणमा सहयाेग गर्नु हुने महानुभावहरुलाई सम्मान, क्षत्री वडा सदस्य राजकुमारी बानियाँलाई सम्मान, शिलालेखमा नामाङ्कन गरीएका अाजिवन सदस्य र सहयाेग दाताकाे नाम अनावरण अाजिवन सदस्य  ६४ जना रु ५,१०० र साधारण सदस्य २६ जना रु ५,०० रकम सहयोग गर्नु हुनेलाई प्रमाण पत्र बितरण कार्यक्रम गरिएको थियो ।                उक्त कार्यक्रममा क्षत्री समुदायकाे समाज भबनमा ब्लककाे गाह्राे लगाउन र प्लास्टर गर्न रु १,२७,००० (एक लाख सत्ताईस हजार) प्रदान गर्नुहुने डिठ्ठाटाेल निवासि स्वर्गिय धन बहादुर थापा र उहाकाे परिवार सिता थापा, समाज घरमा ११५ मिटर लामाे पाईप राखी खानेपानि ल्याउन र खानेपानिकाे पाच वटा धारा राख्नकाे लागि रु ८३,०९८ ( तिरासि हजार अन्ठानब्बे रुपैया) सहयाेग गर्नु हुने डिठ्ठाटाेल निवासि भिम बहादुर थापा, क्षत्री समुदायकाे दुई वटा भवनमा बिजुलिकाे धराैटि रकम सहित सम्पुर्ण बिजुलि बत्तिकाे सामान र जडान खर्च रु ५२,८६० ( बाउन्न हजार अाठ सय साठ्ठि रुपैया) प्रदान गर्नु हुने डाडाँथाेक निवासि बल बहादुर थापा, समाज घरमा दुई वटा फलामकाे च्यानल गेट राख्नकाे लागि रु ४०,५०० (चालिस हजार पाच सय रुपैया) सहयाेग गर्नुहुने डिठ्ठाटाेल निवासि रामशरण बानिया, तथा क्षत्री समुदायकाे समाजकाे दुबै भवनमा लगाउने सम्पुर्ण रङ र लगाउने ज्याला सहित रु ४१,४२५ ( एकचालिस हजार चार सय पच्चिस रुपैया) सहयाेग गर्नु हुने  डाडाँथाेक निवासि बिष्णु रावतलाई उहाँहरुकाे सहयाेगकाे ब्याख्या सहित शिलालेख गरि खादा र फ्रेम सहितकाे सम्मान पत्र बितरण गरियकाे छ ।भने कार्यक्रम संचालन क्षत्री समुदायको समाज पाेखरा १६ का सचिव सन्दीप थापाले संचालन गर्नु भएको थियो ।                 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्