पोखरा ।
सरिता गुरुङ्ग
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट विभिन्न बैंकको एटीएम फोरेको आरोपमा नवलपुरको देवचुली नगरपालिका–५ २१ वर्षिय अनिस तामाङ्ग नाम गरेको एक युवकलाई एक महिनापछि पक्राउ गर्न सफल भएको छ ।
हाल पोखरा महानगरपालिका वडा नं. ३० बस्ने तामाङ्गलाई गण्डकी प्रदेश प्रहरी र कास्की प्रहरीको संयुक्त टोलीले लेखनाथबाट पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
कास्की प्रहरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अजय केसीका अुनसार ती युवकले गत श्रावण २ गते पोखरा–३० अघौंचोक स्थित एनएमबी बैंकको एटीएम फोरेर १४ लाख ७१ ह्जार ५ सय रुपैँया लुटेका थिए ।
त्यस्तै सोही दिन तामाङ्गले पोखरा–२७ तालचोक स्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन समेत फोर्ने प्रयास गरेका थिए । एनएमबी बैंकको एटीएम बुथ फोरेर रकम चोरी र तालचोक स्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्ने प्रयासमा तामाङ्गको संलग्नता रहेको प्रहरीको दावी रहेको छ ।
पक्राउ परेका ती युवकलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । एसपी के.सी.का अनुसार गत कात्तिकदेखि हालसम्म कास्कीमा ८ वटा एटिएम मेसिन फोड्ने प्रयास भईसकेको जानकारी पनि दिएका छन् ।