वडा नम्बर २० भलाम मौजामा वडा स्थरीय कृषि संजाल गठन
  • प्रमुख खबर

भाद्र ६, पोखरा ।।                                                  संजय थाापा

पोखरा महानगरपालिका वडा नम्बर २० भलाम मौजामा वडा स्थरीय कृषि संजाल गठन कार्यक्रम सम्पन्न भएको  छ । वडा अध्यक्ष गंगा बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बिशेष उपस्थिति कृषि महाशाखा प्रमुख मनहरी कडरीया रहनु भएको थियो । जनप्रतिनिधिहरूमा मिना पौडेल ,रुपा नेपाली र गन्जामान गुरुङ रहनु भएको थियो भने वडा सचिव लक्ष्मण शर्मा उपस्थित भएको कार्यक्रममा वडा भित्रका ब्यबसाहिक कृषकहरु उत्साह पूर्ण सहभागी रहेको थियो ।                                                         

आज भएको कार्यक्रमबाट संयोजकमा बाबुराम पौडेल, सहसंयोजकमा  खेम बहादुर गुरुङ, सचिबमा उर्मिला गौतम, सहसचिवमा सुजना अधिकारी र कोषाध्ययक्ष्य राम चन्द अधिकारी रहनु भएको छ । भने सदस्यहरु राम बहादुर रसाइली, प्रदीप गुरुङ, अशोक पोखरेल, बुद्धि माया तामाङ, गोविन्द सापकोटा, हिराजङ गुरुङ, मेनुका पौडेल, देबि ढुंगाना, नेत्र प्रसाद सुवेदी र दिल बहादुर शेरचन रहनु भयो ।   

त्यस्तै सल्लाहाकारमा केशव सुबेदी, दुर्गा गुरुङ, राम बहादुर हमाल, रुपा नेपाली (जनप्रतिनिधि )र ऋषि राज पौडेल रहनु भएको स्थानीय बासिन्दा गणेश पौडेलले जानकारी दिनु भयो । भने कार्यक्रम संचालन वडा २० का कर्मचारी अर्जुन प्रसाद पौडेलले संचालन गर्नु भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्