वडा नम्बर १६ को नालामा परी एक बालकको निधन
  • प्रमुख खबर

हिजो पोखरामा परेको भिषण बर्षाको कारणले वडा नम्बर १६ सुन्दरफीड नेरको नालामा परी एक बालकको निधन भएको छ । बाटोमा हिडेर आउने क्रममा पानीको भल बाडीले बाटो नदेखिएकाले अकस्मात नालीमा खसी दुर्घटना भएको स्थानीय बासीन्दाले बताउनु भयो ।

दुर्घटना भएको नालाको खाडल
तिवारी फनिचरका संचालक राम्जी तिवारीको छोरा रबिन तिवारी अन्दाजी ११ बर्षको बाबुलाई नालीले बगाएको थियो । भने गरीब २ घन्टा जति खोजी कार्य गर्दा भेटीए लगतै मणिपाल अस्पताल लगिएको भए पनि  अस्पतालले बालको निधन भइसकेको बताएको वडा अध्यक्ष अमृत तिमिल्सिना शर्माले जानकारी दिनु भयो ।

वडा नम्बर १६ मा बर्खाको पानीलाई  निकास गर्न निकै गार्‍हो भएको हुदा यस्ता दुर्घटना यहाँ बेला बखत हुने गरेको छ । सरकार पक्ष र वडा बासी सबै मिली यहाँको ढल निकास छिट्टै गर्नु पर्ने स्थानीय बासीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्