पोखरा ।
सूचनाको हकका लागि पोखरा महानगरपालिका सञ्जालको दोश्रो अधिवेशन शुक्रबार पोखरामा सम्पन्न भएको छ । राष्ट्रिय सञ्जालका उपाध्यक्ष दिपक आचार्यको विशेष उपस्थिति र सूचना सञ्जाल कास्कीका अध्यक्ष यदुनाथ बञ्जाराको उपस्थितिमा सो अधिवेशन सफलताका साथ सम्पन्न भएको हो ।
उक्त अधिवेशनमा महानगरपालिका सञ्जालको अध्यक्षमा अनिल थापा निर्वाचित भएका छन् । नवनिर्वाचित थापाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । सो दोश्रो अधिवेशनले उपाध्यक्षमा टिका आचार्य, सचिवमा सागर कार्की, कोषाध्यक्षमा चेतन शर्मा र सह–सचिवमा राजु गिरी चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा लक्ष्मी देवकोटा, शिव प्रसाद गौतम, राधा ढकाल, श्रीराम कँडेल, शिव जि.सी., रामचन्द्र लामिछाने, प्रकाशरमण अधिकारी, मोतीसागर अधिकारी, सरिता गुरुङ्ग, तिर्थ के.सी., बाल कुमारी पौडेल तारा, नविन त्रिपाठी, ई.सुर्य पाण्डे, रामजी ओझा, जित बहादुर क्षेत्री, डा.कृष्णराज भण्डारी र उदय के.सी. रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिहरुलाई सूचनाको हकका लागि राष्ट्रिय सञ्जालका उपाध्यक्ष दिपक आचार्य, कास्की सञ्जालका अध्यक्ष यदुनाथ बञ्जारा, पोखरा महानगरपालिका वडा नंं.६ का वडा सदस्य बासु बराल, कास्की सञ्जालका उपाध्यक्ष शिवराज बस्ताकोटी लगायतले सफल कार्यकालको शुभकामनासंगै सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि दवाव, सचेतना तथा अन्य कृयाकलापका लागि यस सञ्जालका नयाँ टिमले प्रभावकारी तवरले कार्य सम्पादन गर्ने विश्वास व्यक्त समेत गरेका छन् । सो अधिवेशन महानगरपालिका सञ्जालका निवर्तमान अध्यक्ष कृष्ण क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।