दिप युनाइटेड क्लबलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, १०९ युनिट रगत संकलन
  • प्रमुख खबर

पोखरा ।।
पोखरा १६ दिपमा अबस्थित दिप युनाइटेड क्लबले  आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली नारीहरुको महान चार्ड हरितालिका तिजको पावन अवसरमा दीप युनाइटेड कल्ब र कामना सेवा बिकास बैंक को सहकार्यमा ” रक्त दान जीवन दान जिवन दान महादान” भन्ने नारालाइ अनुशरण गर्दै कार्यक्रम आयोजना गरिएको थियो । भने मिडिया पाटनर प्रमुख खवर डट कम रहेको थियो । पोखरामा अबिरल बर्षाका कारण सुन्दर फिड नेरको नालामा परी रबिन तिवारी बाबुको दुर्घटना भयो । यसमा हामी क्लब परिवार स्तब्ध छौ र आज बाबू नै प्रति समर्पित गरी कार्यक्रम गरिएको  कार्यक्रम संयोजक तारा बहादुर थापा मगरले जानकारी दिनु भयो ।           

क्लबका अध्यक्ष खेम राज अचार्यको अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख  अतिथि पोखरा महानगर पालिका वडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना रहनु भएको थियो । भने कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष बिष्णु कुमारी गुरूङले राख्नु भएको थियो । वडा अध्यक्ष तिमिल्सिनाले  रक्तदान कार्यक्रम गर्नु अहिलेको परिपेक्ष्यमा अति नै प्रशसनिय रहेको र यस वडा भित्र रहेका सम्पूर्ण संघ संस्थाहरूले सामाजिक कार्य गर्नु पर्ने र आफुले सकेको सहयोग गर्न तत्पर रहेको बताउनु भयो । त्यस्तै क्लबका अध्यक्ष खेमराज आचार्यले रक्तदान कार्यक्रम आफैमा एउटा सामजिक कार्य रहेको र विभिन्न समयमा क्लबले सामाजिक कार्यमा अग्रसर रहदै आएको बताउनु भयो ।                                                                         

कार्यक्रममा पहिलो रक्तदाता ४६ औ पटक रक्तदान गरी सक्नु भएका राम बहादुर बानियाँले गर्नु भएको थियो । रक्तदान पश्चयात उँहाले रक्तदान स्वस्थ ब्यक्ति १८ बर्ष पूरा भई ४५ के. जी. तौल भएकाले गर्न सकिने साथै रक्त दान गरेको केही समय पछि पनि बन्जीजम , दौड प्रतियोगिता, साईकलिकं जस्ता खेलमा सहभागी हुन सकिने बताउनु भयो । कार्यक्रमा १०९ युनिट रगत संकलन गरिएको थियो । भने सोही कार्यक्रममा फ्रुट पानी जुसको ब्यबस्थापन दुर्गा कुमारी ग्रुरुङले गर्नु भएको थियो ।कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिहरूको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रम संचालक क्लबका सचिव भिम प्रसाद आचार्यले संचालन गर्नु भएको थियो ।                       

तपाईको प्रतिक्रिया दिनुहोस्