पोखरा ।
सरिता गुरुङ्ग
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कास्की जिल्लाबाट विभिन्न वेयट क्याटोगरिमा महिला तथा पुरुष गरी १९ जना खेलाडी छनोट भएका छन् ।
पोखरा रंङगशालाभित्र रहेको संघको आफ्नै हलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाको उपस्थितमा आज प्रतियोगिता संचालन गरी खेलाडी छनोट गरिएको हो ।
विशेषगरी कास्की जिल्ला जुडो संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत यही भाद्र ११ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेश स्तरीय प्रतियोगिताका लागि आज खेलाडी छनोट गरिएको गण्डकी जुडो संघका अध्यक्ष रुद्र मल्लले जानकारी दिएका छन् ।
छनोट हुनेमा पुरुषतर्फबाट मनिष परियार, किसान गुरुङ्ग, विर बहादुर तामाङ्ग, बिवश मगर, खिम बहादुर थापा मगर, आशिष तामाङ्ग, टिजन मगर, सुविन कपालि र विज्ञान टि खत्री रहेका छन् ।
त्यस्तै महिलातर्फ सौमिया तामाङ्ग, अभिलेखा पौडेल, राम माया तामाङ्ग, अदिति पौडेल, सुष्मा चौधरी, कमला तामाङ्ग, पुजा गुरुङ्ग, सोनि थापा मगर, निर्जला मल्ल र मनिषा तामाङ्ग छनोट हुन सफल भएका छन् ।
कास्की जिल्लाबाट छनोट हुन सफल भएका खेलाडीहरुले भाद्र १६ गतेबाट पोखरा रंगशालामा संचालन हुने प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका कार्यकारी सदस्य मनिषा गुवाजुले जानकारी दिएकी छन् ।
कास्कीमा जिल्ला स्तरीय छनोट प्रक्रिया यही भाद्र १४ गतेसम्म हुने भएको छ । यति बेला पोखरा रंगशालाभित्र विभिन्न खेलकुदको जिल्ला छनोट प्रक्रिया जारी रहेको जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराले बताएका छन् ।