पोखरा जेसीजले विभिन्न कार्यक्रमको आयोजना गरी ‘जेसीज सप्ताह २०२२’ मनाउने भएको छ । जेसीजले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी भदौ १७ देखि २३ गते सम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका कार्यकारिणी उपाध्यक्ष एवं मुल संयोजक जेसी कुशल पौडेलले पहिलो दिन रक्तदान कार्यक्रको आयोजना, दोस्रो दिन निःशुल्क स्वास्थ्य शिविर, तेस्रो दिन शैक्षिक सामग्री वितरण र चौथो दिन सरसफाई तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरिने बताए ।
त्यस्तैगरि पाचौँ दिन कृषि सचेतना तथा माटो परिक्षण कार्यक्रम,छैठौ दिन साईबर क्राइम सम्बन्धि सचेतना र सातौं तथा अन्तिम दिन ‘‘युवा नेतृत्व र उद्यमशिलता’ र ‘सफलताको लागि सहकार्य’ शिर्षकमा गण्डकी युवा वक्ता वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने पौडेलले बताए । पहिलो, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने प्रतियोगितलाई १० हजार, ७ हजार र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
जेसीजले आफ्नो स्थापनाकालदेखि नै १८ देखि ४० बर्ष सम्मका युवाहरुलाई लक्षित गरी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तित्व र नेतृत्व विकासका लागि सक्रिय रुपमा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष जेसी मिनराज खड्काले बताए । विभिन्न कार्यहरुमार्फत पोखरा जेसीजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई अब्बल सावित गर्न सफल भएको उनको भनाइ छ । निवर्तमान अध्यक्ष जेसी इन्जिनियर किरण केसीले जेसीज सामाजिक संस्थामात्र नभइ युवाहरुको संस्था समेत भएको बताए
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा कृषि बिकास बैंक लमिटेड रहेको छ । एक्सपर्ट एकुजेशन सहप्रायोजकका रुपमा रहेको छ भने डिस मिडिया नेटवर्क, कुटी रिसोर्ट, कुमारी बैंक लिमिटेड, सर्वोत्तम सिमेन्ट, सर्वोत्तम स्टिल, वृज सिमेन्ट, सुन्दर सोफा तथा फर्निचर उद्योग, एल.एस मोटर्स निशान कम्पनी प्रायोजक संस्थाका रुपमा रहेको र सात दिवशीय कार्यक्रमका लागि ३ लाख १० हजार रुपैयाँ खर्च लाग्ने पोखरा जेसीजका कार्यकारीणी उपाध्यक्ष तथा जेसीज सप्ताहका मुल संयोजक जेसी कुशल पौडेलले जानकारी दिएका छन ।