आज देशका केही स्थानमा हल्कादेखि सामान्य वर्षाको सम्भावना
  • प्रमुख खबर

पोखरा ।

आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएको छ । गण्डकी प्रदेशसहित प्रदेश १, बाग्मती प्रदेशका केही र अन्य प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएको हो ।

मौसमविद् मञ्जु बासीका अनुसार आज ठूलो वर्षा नभएतापनि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै मेघ गर्जन र चट्याङ पर्ने भएकाले सावधानी अप्नाउन भने आग्रह गरेका छन् ।

अहिले मनसुनको न्यून च्यापीए रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने पनि मौसमविद्को भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्