पोखरा ।
नेकपा एमालेले कास्की क्षेत्र नं.३ ख बाट पार्टीका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सांसद राजिव पहारीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
पार्टीको आइतबार बसेको बैठकले कास्की जिल्ला प्रतिनिधिसभा ३ अन्र्तगत प्रदेश सभा ख का लागि पहारीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका पहारीले पाँच वर्ष अघिको निर्वाचनमा सो क्षेत्रबाट भारी मतका साथ विजयी हासिल गरेका थिए ।
उक्त क्षेत्रबाट पून आफ्नो नाम सिफारिस भएपछि उनले पार्टीले आफुप्रति गरेको विश्वासलाई खेर जान नदिने र यसलाई पूर्ण रुपमा प्रमाणित गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले पाँच वर्षे कार्यकालमा आफ्नो क्षेत्रमा थुप्रै विकासे कामहरु भएको बताउँदै तिनै कामहरु फेरी चुनाव जित्ने बलियो आधार भएको समेत बताएका छन् ।