पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी
  • प्रमुख खबर

पोखरा, २६

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । पवनले १ हजार ६ सय १३ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धा अर्जुन पोखरेलले ८ सय ९७ मत प्राप्त गरे ।
संघका निर्बाचनमा पवन र अर्जुन प्यानल बनाएरै भिडेका थिए । अधिकांश पदाधिकारी र सदस्यमा पवन प्यानलले जितेको छ ।

बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला विजयी भएका छन् । उनीहरु सबै पवन प्यानलका हुन् ।

अर्जुन प्यानलले उद्योग उपाध्यक्ष देवेन्द्र केसी विजयी भएका छन् । सदस्यमा पनि पवन प्यानलले नै धेरै जित हात पारेको छ । १० जना सदस्य मध्ये ६ जना पवन प्यानलका छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्