पोखरा ।
सरिता गुरुङ्ग
नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारलाई अवैध सन्तानको संज्ञा दिएका छन् ।
नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको आज मंगलबार पोखरामा समुद्घाटन गर्दै ओलीले अहिलेको गठबन्धन सरकारलाई जनताले नपठाएकोले यस विषयमा जनता अनविज्ञ भएको हुदाँ यो सरकार अवैध सम्बन्धबाट बनेको बताएका हुन् ।
उनले यो वर्तमान सरकार जनादेशबाट नभइ परमादेशले बनाएको सरकार भएको स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले परमादेशबाट बनेको यो सरकारले देशलाई बरबादीतर्फ लगेको आरोप लगाउँदै मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि निर्वाचनमा एमालेले जित्नै पर्ने दबाब भएको जनाएका छन् ।
उनले सामाजिक सद्भाव कायम गर्न, विकासका पूर्वाधारमा तिव्रता दिन, समानता कायम गर्न एमालेले चुनाव जित्नै पर्ने बाध्यात्मक परिस्थिती सृजना भएको बताएका हुन् ।
उनले यस वर्तमान गठबन्धन सरकारको उद्देश्य भनेको सत्ता प्राप्ति गर्ने, सत्ता जोगाउने र लुटतन्त्र गर्ने बाहेक जनताप्रति उत्तरदायी भएर जनताको हितका लागि काम गर्ने र देश विकास हुने कुनै किसिमका प्रभावकारी कामहरु नगरेको आरोप समेत लागएका छन् ।
देशको अर्थतन्त्र ओरालो लागि रहेको अवस्थामा सत्तागठबन्धले बजेट बनाउन केही व्यापारिक प्रतिनिधिहरु राखेर कर्जा दर तोक्ने सेटिङ गरेको बताउँदै यो सरकारले देशको ढिकुटी रित्याउने खेलमा लागेको उनको भनाइ रहेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सत्तागठबन्धनले वृद्धभत्ताको लागि उमेर घटाएकोमा आक्रोस पोखेका छन् । उनले आफुहरुको पार्टीले े वृद्धभत्ता १ सय रुपैयाँबाट बढाएर ४ हजार पु¥याएको तर अहिलेको सरकारले के–के नग¥यो भनेर ६८ वर्षमा झारेको जनाउँदै यसरी वृद्धाभत्ताको लागि बर्सेनि उमेर घटिरहने हो भने मान्छे जन्मिने वित्तिकै वद्धभत्ता खाने दिने आउँने भन्दै व्यङ्ग गरेका छन् ।
त्यस्तै उनले “समृद्ध नेपाल, सुखी नेपाली” नारासहित विगतमा आफ्नो नेतृत्वको सरकारले विकास निर्माणको कार्यलाई द्रुतरुपमा अघि बढाएकोमा माधव नेपाल, झलनाथ खनालहरुले आफ्नै पार्टी फुटाएको ओलीले आरोप लगाएका छन् ।
आफुले काम गर्न नसक्ने र अरुले गरेको विकासका कामहरुको रिस डाहा गर्ने प्रवृत्ति माधव नेपालमा पहिलेदेखि नै भएको पनि जनाएका छन् ।
उनले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले थे्रसहोल्ड क्रस गर्न नसक्ने दाबी गर्दै अहिले ति मानिसहरु चोक्टा खान गएका तर झोलमा डुबेर फट्या फट्या भइरहेको बताएका छन् ।
उनले माधव नेपालको पार्टीले तीन प्रतिशत मत कटाउन नसक्ने बताउँदै चुनावसम्म पुग्दा माधवबाहेक उनको पार्टीमा कार्यकता नै नरहने दाबी पनि गरेका छन् । उनले यो आफुले गरेको भविष्यवाणी नै भएकोले लेखेर राख्न आग्रह गरेका छन् ।