पाेखरा ।।
पाेखरा १६ मा के अाई सिंह पुल देखि महेन्द्रगुफा सम्म नाला नभयकाे ठाउँमा नाला, नाला माथि सल्याव, मानिस हिडने फुटट्याक निर्माण र ताहाँकाे मुखमा नाला निर्माण कामकाे थालनि शिलन्यास अाज गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भाैतिक पुर्वाधार शहरि बिकाश तथा यातायात ब्यवस्था मन्त्री माननिय कुमार खड्का बाट सम्पन्न भएको छ ।
सोही कामको लागी मन्त्री कुमार खड्काले रु १२ कराेड रकम बिनियोजन गर्नु भएको उहाँ बताउनु हुन्छ । गण्डकी प्रदेशकाे राजधानी कास्की र कास्कीकाे पनि पर्यटकिय अथाह सम्भावना बाेकेकाे महेन्द्रगुफा, चमेरी गुफा, कुमारी गुफा, क्रेजि गुफा, प्याराग्लाईडिङ गर्न सकिने ढिकिडाडाँ, रमणिय बाताबरणमा रहेकाे र हाेमस्टे सहितकाे अर्मलाकाेट, रमणिय ठुलीबेसि फाट, सेती गण्डकी गहिरियर गयकाे हेर्ने सेती नदी क्षेत्र, कास्कीका कम्तीमा पनि १५ वटा वडाका सिचाई याेग्य जमिनलाई सिंचाई गर्नकाे लागि बनाईयकाे सेती फिल्टर र नहरकाे मुहान, कालीखाेलाकाे उद्गगम स्थल, चण्डीका माता, अम्बीका माता र कालीका माताकाे मन्दिर, महेन्द्रेश्वर महादेवकाे मन्दिर लगायतका धार्मिक स्थल रहेकाे क्षेत्र पाेखरा १६ काे साथसाथै समग्र कास्कीलाई चिनाउन अहिले बन्न लागेकाे फुटट्याकले प्रत्यक्ष महत्वपुर्ण भुमिका खेल्ने स्थानीय बासिन्दा बताउछन् ।