प्रधानमन्त्री देउवा द्वारा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक
  • प्रमुख खबर

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा नेपाल सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी शुक्रबार एक कार्यक्रमका विच वालुवाटारमा सार्वजनिक गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा नेपाल सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी शुक्रबार एक कार्यक्रमका विच वालुवाटारमा सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा राखेपका संरक्षक सम्माननिय प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताएका हुन् । ५ केजी चाँदीको ट्रफीमा मेन ट्रफी भन्ने शब्द २ तोला सुनले कुँदिएको स्वर्ण शब्द सहित काठको बेसमा वनाईएको छ । ट्रफी १० लाख मुल्य बराबर रहेकोे छ ।

राष्ट्रिय खेलकुदको नवौं संस्करणमा पहिलो पटक तयार गरिएको च्याम्पियन टोलीलाई प्रदान गर्न लागिएको ट्रफीको परिकल्पनाकार नेपाल ओलम्पिक कमिटिका महासचिव, नेपाल ट्राईयाथलनका अध्यक्ष एवं आफ्नो समयका एथलेटिक्सका खेलाडी निलेन्द्र राज श्रेष्ठ रहेका छन् । ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन् । भने ट्रफी निर्माण गर्न पाँच जना कालीगढले दिनको १८ घण्टाका दरले २५ दिनको समय ब्यतीत गरेका छन् । ट्रफी राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बन्न सफल टिमलाई प्रदान गरिने छ ।         

ट्रफी पूर्ण कलशको स्वरुपमा रहेको छ । नेपाली संस्कृती अनुरुप कुनैपनि शुभकार्य, मंगलकार्य र विजय उत्सवका बखत कलशलाई पुजा गरे पश्चात मात्र कार्य सुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको छ । यो नेपाली कला शैलीमा निर्माण गरिएको छ । ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागिय टोली र एनआरएनएमा परिक्रमा गराईने छ ।
ट्रफी टुर कार्यदलमा ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका चार स्वर्ण पदक प्राप्त गर्दै इतिहास रच्न सफल तेक्वान्दो खेलाडी दीपक बिष्टको संयोजकत्वमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, क्रिकेटका पूर्व कप्तान पारस खड्का, अल्ट्राधावक मिरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाही रहेका छन् । कार्यदलले राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेशमा मुख्य मन्त्रीको उपस्थितीमा, तीन विभागिय टिमको मुख्य कार्यालयमा प्रमुखको उपस्थितीमा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमविच रनिङ्ग ट्रफी टुर कार्यदललाई एक कार्यक्रमविच शुभकामना सहित बिदाई गरे । कार्यदललाई विदाई गर्ने क्रममा कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, नन्दा बस्याल, राखेपका सदस्यहरु चन्द्र बदना राई, सुमित्रा चौधरी, कार्यकारी समितिका सचिव मधुसुदन बस्नेत लगायतको उपस्थिती रहेको थियो । कार्यदलले अशोज १ गते ट्रफीलाई धनगढी रङ्गशालामा विहान ८ बजे प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । यस्तै २ गते एन्फ टेक्निकल सेन्टर, लुम्बिनीमा दिनको ३ बजे । यस्तै गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसर, ३ गते बागमती प्रदेशमा मुख्यमन्त्री एवं मन्त्रीपरिषद्को कार्यालय, मानसचोकमा विहान ८ बजे, ७ गते नेपाली सेनाको भद्रकाली स्थित कार्यालयमा विहान १० बजे, ८ गते १ नम्बर प्रदेशको बिराटनगर रङ्गशालामा परिक्रमा गराइने छ ।

यसै गरी ९ गते नेपाल प्रशरीको प्रधान कार्यालय नक्साल र सशस्त्र प्रहरीबलको हलचोकस्थित प्रधान कार्यालयमा, ११ गते मधेश प्रदेशको जानकी मन्दिर परिसर जनकपुरमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यस्तै काठमाण्डौको ऐतिहासिक तथा पुरातात्विक स्थानको भ्रमण पश्चात ट्रफी अशोज २३ गते गण्डकीको पोखरा पुर्याईने र विमानस्थलबाट बाजागाजाका साथ विभिन्न स्थानको परिक्रमा गराईने र राष्ट्रिय खेलकुदको उद्घाटनका दिन उद्घाटन स्थल पोखरा रङ्गशालामा २८ गते ट्रफीलाई ल्याईने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्