चण्डीका आधारभुत बिधालयको भबन समुद्घाटन  कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।
संजय थापा

पोखरा १६ मा अबस्थित चण्डीका आधारभुत बिधालयको तिन काेठे भबनकाे समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाकाे अध्यक्षतामा भयकाे कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रबक्ता एवं भाैतिक पुर्वाधार, शहरी बिकास तथा यातायात ब्यवस्था मन्त्री माननिय कुमार खड्काबाट उद्घाटन भएको हो ।                                                           

बिषेश अतिथि वडा नम्बर  १६ का जनप्रतिनिधि मन्जु नेपाली, अतिथिहरुमा चण्डीका अाधारभुत बिध्यालयका प्रधानाध्यापक सृजना सिग्देल, बिन्ध्यबासिनि मा बि का प्रधानाध्यापक कृष्ण प्रसाद अाचार्य, शान्ति मा बि का प्रधानाध्यापक यम कार्कि, वडा नं १६ का पुर्व वडा अध्यक्ष जिवन प्रसाद अाचार्य, मातृशिशु मितेरी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापा, चण्डिका अाधारभुत बिध्यालय भवन निर्माण समितिका संयाेजक माेहन कुमार सुनार,  समाजसेबी तथा भवन निर्माण समितिका अनुगमन संयाेजक चित्र बहादुर थापा, बिधालय ब्यवस्थापन समितिका पुर्व अध्यक्षहरु, बिध्यालयकाे अभिभाबक संघका अध्यक्षहरुको उपस्थित रहेको थियाे । त्यस्तै स्वागत मन्तब्य चण्डिका अाधारभुत बिधालयका प्रधानाध्यापक सृजना सिग्देलले राख्नु भयकाे थियाे ।                                 

२०४६ सालमा अाधारभुत बिधालयकाे रुपमा स्थापित भएको यस बिधालय हाल ३३ बर्ष पुरानाे बिधालय हाे ।यो बिधालय १६ नं वडाका अाधारभुत बिधालयहरुमा नमुना बिधालयमा पर्दछ । यस बिधालयमा सामाजिक बिकास कार्यालय कास्किबाट काम हुने गरी अार्थिक बर्ष २०७८/०७९ मा  बिनियाेजित रकम रु पँचास लाख(५००००००) बजेटबाट बिधालयकाे तिन काेठे भवन निर्माणकाे काम अार्थिक बर्ष २०७८/०७९ मा नै सम्पन्न भएको क्षेत्री समाज वडा नम्बर १६ का अध्यक्ष संन्दिप थापाले जानकारी दिनु भयो ।                                               

कार्यक्रममा बिधालय भवन निर्माण समितिका संयाेजक माेहन कुमार सुनार, १६ पुर्व वडा अध्यक्ष जिवन प्रसाद अाचार्य, प्रमुख अतिथि गण्डकी प्रदेशका प्रबक्ता एवं भाैतिक पुर्वाधार, शहरि बिकास तथा यातायात ब्यवस्था मन्त्री माननिय कुमार खड्का र कार्यक्रमका अध्यक्ष अनिरुद्र थापाले बिधालय भबन निर्माण, बिधालयकाे स्तर उन्नति र गुणस्तरीय शिक्षाका बारेमा अा- अाफना धारणा राख्नु भयकाे थियाे । कार्यक्रममा बिधालयका शिक्षक, शिक्षीका, ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी, बिधार्थी तथा स्थानिय क्लवका अध्यक्ष, अामा समुह, टाेल बिकास संस्था लगायत स्थानिय बासिहरुकाे उल्लेखनीय  उपस्थिति रहेकाे थियाे । साथै कार्यक्रम संचालन यसै बिधालयकी शिक्षीका संगिता शर्माले संचालन गर्नु भयकाे थियो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्