दीप यूनाइटेड क्लबको आयोजनामा डेङ्गु रोगका बारेमा सचेतना एवं बृहत सरसफाई कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।                                                        दीप यूनाइटेड क्लबले संविधान दिवसको अवसरमा डेङ्गु रोगका बारेमा सचेतना एवं बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमा
संविधान के हो भनेर नेपालको संविधानका बारेमा क्लबका कानुनी सल्लाहकार अधिवक्ता कल्पना भण्डारीले प्रकाश पार्नु भएको थियो ।                       

बृहत सरसफाई कार्यक्रमा तल्लो दीप टोल विकास संस्था, न्यू दीप आमा समूह, संयुक्त मार्ग टोल विकास संस्था, के आइसिंह पुल ट्याक्सि एकाई समिति, क्लबका प्रमुख सलाहकार राजेश गुरूङ क्लबका नि वर्तमान अध्यक्ष मनकाजी गुरूङ लगायत सम्पुर्ण क्लबका सल्लाहकार, कार्य समिति, आजीवन सदस्यहरू, साधारण सदस्य एवं शुभचिंतकहरूको उल्लेखनीय उपस्थित रहेको थियो। आचार्यले सहभागी सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।                         

फोहोरको व्यवस्थापनका लागी पोखरा महानगर पालिका सरसफाई प्रमुख हर्क गायकले सवारी साधनको व्यवस्था मिलाउनु भएको थियो । क्लबले बिगतका दिनहरूमा पनि सामाजिक कार्यमा अग्रसर हुँदै अगाडि बढेको आचार्यले प्रमुख खवर डट कम लाई जानकारी दिनु भयो । आजको यस डेङ्गु रोगका बारेमा सचेतना एवं बृहत सरसफाई कार्यक्रम  के आइसिंग पुल देखि क्लब भवनसम्म सरसफाई गरिएको थियो । भने कार्यक्रम संचालन वडा नं १६ का वडा सदस्य एवं क्लबका सह- सचिव मन्जु बस्यालले संचालन गर्नु भएको थियो ।                       

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्