पोखरा ।
सरिता गुरुङ्ग
खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा गण्डकी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम पोखरामा सुरु भएको छ । आज मंगलबारबाट सुरु भएको सो तालिम तथा प्रशिक्षण कार्यक्रम भोलि बुधबारसम्म पोखरामा संचालन हुने भएको छ ।
उक्त तालिम तथा प्रशिक्षण कार्यक्रमको शुभारम्भ राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ्गले आज शुभारम्भ गरेका छन् । करिब ३९ वर्षपछि गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु नै यस प्रदेशका लागि एउटा गौरवको विषय भएको बताएका छन् ।
उनले खेलकुदको क्षेत्रमा कलम चलाउने पत्रकारहरुले खेलको विषयमा राम्रोसंग बुझेर वास्तविकतालाई खेलप्रमी सामु ल्याउन सक्नुपर्ने साथै प्रतियोगिताकोबारेमा सत्य अनि तथ्य सन्देशलाई बाहिर उजार गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
उनले यस तालिमले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत हुने विभिन्न खेलहरुको समाचार लेखनमा ठूलो सहयोग पुग्ने विश्वास लिएको पनि जानकारी दिएका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत खेल मैदान व्यवस्थापन उप–समितिका संयोजक समेत रहेका गुरुङ्गले खेलकुद क्षेत्रमा हुने गरेका विकृतिको बारेमा उजागर गर्न पनि पत्रकारहरुलाई आग्रह गरेका छन् ।
उनले यस प्रतियोगितामा कुनै न कुनै खेललाई सबै जिल्लामा खेलाउने लक्षय राखिएको भएतापनि विभिन्न कारणले सो सम्भव हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
उनका अनुसार यतिका लामो समयको प्रतिक्षा पछि यस प्रदेशमा आयोजना हुन गईरहेको राष्ट्रिय प्रतियोगिताको लागि प्रर्याप्त बजेट नछुट्याइएको हुनाले पोखरा रंगशालाभित्र रहेका कतिपय संरचनालाई मर्मत र स्तरउन्नती गर्न नसकेकोमा गुनासो समेत पोखेका छन् ।
त्यस्तै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ्गले प्रतियोगितालाई व्यवस्थित तवरले संचालन गर्ने जिम्मेवारी आफुहरुमा आएको हुनाले प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन आफुहरु दिन रात नभनि लागी परेको बताएका छन् ।
उनले यस नवौं राष्ट्रिय प्रतियोगिता सम्बन्धी गतिविधिलाई आम सर्वसाधारणमाझ पु¥याउन सञ्चारकर्मीहरुको तर्फबाट पूर्ण साथ र सहयोग प्राप्त गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालको अध्यक्षतामा भएको सो तालिम तथा प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशमा कार्यरत खेल पत्रकारितामा रुचि राख्दै आएका धेरै पत्रकारहरुको उपस्थिति रहेको थियो ।
आज तालिमको पहिलो दिन आज विभिन्न खेलका १३ जना प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन् भने सो तालिम तथा प्रशिक्षण कार्यक्रम भोलि बुधबारसम्म संचालन हुने भएको छ ।