पोखराका विभिन्न स्थानमा बैंकका एटीएम मेसिन फोर्ने र रकम चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सन्दीप र अनिश पोखरा-९ नयाँबजारस्थित कृषि विकास बैंकको एटीएम मेसिन फोरेर चोरी गरेका थिए । उनीहरुले सोमबार दिउसो ४ बजे बैंकको एटीएम मेसिनबाट रकम चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १६ का २२ वर्षीय सन्दीप बस्नेत र १९ वर्षीय अनिश रानामगर, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ घर भइ हाल पोखरा-८ बगालेटोल बस्ने २५ वर्षका मनोज कुमाल रहेका छन् ।
यसैगरी धादिङका मनोजले लेकसाइडस्थित एनएमबि बैंकको एटीएम मेसिन खुकुरीले तोडफोड गरी रकम चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए ।