पोखरा ।
सरिता गुरुङ्ग
युनाइटेड क्लब पोखराको १३ औं साधारण सभा तथा छैठौं अधिवेशन शनिबार सम्पन्न भएको छ । क्लबको छैठौं अधिवेशनबाट अध्यक्षमा पुनःराजु श्रेष्ठ निर्वाचित हुन सफल हुनुभएको छ । दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका श्रेष्ठको अध्यक्षतामा क्लबले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
नयाँ कार्यसमिति अन्र्तगत वरिष्ठ उपाध्यक्षमा लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितीय उपाध्यक्ष शान्ता बहादुर थापा, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा सुर्य बहादुर बानिँया, सचिवमा पुर्णकला पोख्रेल र सह–कोषाध्यक्षमा सीमा गुरुङ्ग सर्वसम्मत चयन हुनुभएका छन् ।
त्यस्तै सदस्यहरुमा विष्णु कुमार गुरुङ्ग, जयराम आचार्य, सन्तोष कार्की, दीवानी सुवेदी, पुर्ण कुमार श्रेष्ठ, चन्द्र कुमारी पराजुली, पदम बहादुर कार्की, शिव थाापा र शान्ति सुवेदी निर्वाचित हुन सफल हुनुभएका छन् ।
उक्त कार्यक्रममा कक्षा १२ उत्तीर्ण गर्न सफल भएका क्लबका आजिवन सदस्यका छोराछोरीहरुलाई बधाई दिनुका साथै सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा शुभेच्छा बाँनिया, सिद्धार्थ थापा, अभिषेक कार्की, आयुशा थापा, प्रतिक्षा के.सी. र प्रतिक्षा थापा रहनुभएका छन् ।
यस्तै कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पोखरा महानगरपालिका वडा नं.१० का जनप्रतिनिधी परमेश्वर कार्की, अमरसिंह मा.वि.का प्रध्यानाध्यापक तेजस्वी बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएका छन् ।