शिवशक्ति सामुदायिक बन उपभोक्ता समुहको १८ औ साधारण सभा सम्पन्न
  • प्रमुख खबर

रामप्रसाद पाैडेल

साधारणपोखरा मा. न. पा वडा नं १९ मा रहेको शिवशक्ति सामुदायिक बन उपभोक्ता समुहको १८ औ बार्षिक साधारण सभा तल्लाकोट स्वास्थ्य चौकीको शभा हलमा सब्य र भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा बाेल्दै  प्रमुख अतिथि  वडा सदस्य विकास  अाचार्यले अब हामीले सामुदायिक बनलाई केवल दाउरामा मात्र सिमित नराखेर विविध अावश्यकताअनुसारको उत्पादन मुखी बनाउनु पर्दछ भन्नू भयाे ।प्रमुखअतिथि अाचार्यले सामुदायिक बनबाट  उपभाेक्ताहरुले सहजरुपमा प्राप्त गर्नसक्ने घाँस पात र नगदे उव्जाउ अादि सृजनात्मक उत्पादनका विगयमा प्रकाश पार्दै उपभाेक्ताहरुलाई नया साेचका साथ अघि बढ्न उत्प्रेरित गर्नु भयाे।         

२०६० सालमा जिल्ला बन कार्यलयमा दर्ता भएको शिवशक्ति सामुदायिक उपभाेक्ता बन २०७२ सालमा  कास्की जिल्लामा दर्ता भएकाे थियाे र जिल्लाका  ४९० वटा सामुदायिक बनहरु मघ्ये  उत्कृष्ट सामुदायिक बनको रुपमा  जिल्ला बन कार्यलय कास्कीबाट सम्मान प्राप्त गरेकाे यस  सामुदायिक बनले  हाल सम्म बिबिध रुपमा सामाजिक कार्य गर्दै आई रहेको छ । अायाेजित साधारण सभामा  वन उपभाेक्ता समुहबाट यस वर्ष  एस् इ इ परीक्षामा उत्रिण भएका ८ जना छात्र छात्राहरुलाई  नगद पुरस्कार  सहित सम्मान गरियाे।   कार्यक्रममा बाेल्दै  संस्थापक अध्यक्ष भरत अाचार्यले वन उपभाेक्ता संग समन्ब्य गरी गाऊमा खानेपानि लगाएत , बिबिध रुपमा  सामाजिक उत्तर दायित्वको काम गर्दै आएको कुरा  ।   

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ कास्कीका अघ्यक्ष बिश्वनाथ लामिछाने बिशेष अतिथि रहनु भएको थियो भने  अतिथिहरुमा पूर्व अध्यक्षहरु  तुलसी प्रसाद बास्तोला ,शान्ती बास्तोला , पुर्णचन्द् बास्तोला , श्रीराम आचार्य, भोजराज बास्तोला , टोल प्रसाद अधिकारी, गोबिन्द आचार्य , निरा ढुड्गाना , नारायण केसी रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य अपेक्षा बास्तोलाले कार्यक्रमको अध्यक्षता चेतप्रसाद बास्तोलाले गर्नु भयो भने कार्यक्रम सन्चालन  सचिब कबिता आचार्य ले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्