पोखरा ।
सरिता गुरुङ्ग
सुदूरपश्चिम विकास समाज कास्कीको पाँचौं अधिवेशन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी समाजले पाँचौं अधिवेशन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।
कारोनाका कारण समाजले समयमा नै अधिवेशन गर्न भने सकेको थिएन तर लामो समयको प्रयासपछि सफल रुपमा समाजले शनिबार पाँचौं अधिवेशन सम्पन्न गरी सर्वसम्मत रुपमा दई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा युवा व्यवसायी सागर ऐरलाई निर्वाचित गराएको छ ।
नवनिर्वाचित अध्यक्ष ऐरको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति समेत चयन भएको छ । नयाँ कार्यसमिति अन्र्तगत समितिको उपाध्यक्ष पदमा निरज पन्त, सचिवमा हरेन्द्रराज जोशी, कोषाध्यक्षमा मञ्जु खत्री, सह–सचिवमा पुष्पा भट्ट निर्वाचित हुनुभएका छन् ।
त्यस्तै सदस्यहरुमा भीम खत्री, अशोक बोहोरा, सञ्जीव जोशी, राम सिंह कार्की, तीर्थ अवस्थी र महेश ढकाल निर्वाचित हुनुभएका छन् ।सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ऐरले आफ्नो दुई वर्षे कार्यकालभित्र कास्की जिल्लामा छरिएर बस्नुभएका सम्पूर्ण सुदुरपश्मिका मानिसहरु जो विभिन्न कारणले समाजमा आवद्ध हुन सक्नुभएका छैनन् उहाँहरुलाई पनि सम्बोधन गर्ने तवरले विभिन्न कार्यक्रमहरु संचालन गरि उहाँहरुलाई समाजमा आवद्ध गराउन महत्वपर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
अध्यक्ष ऐरले आगामी दिनमा सुदुरपश्चिम र पोखरालाई जोड्ने गरि उहाँले आफ्नो कार्यकालमा विभिन्न उपलब्धी मूलक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको जानकारी दिनुभएको छ ।
उहाँले सुदुरपश्चिम जन्मथलो भएतापनि कास्कीलाई कर्म थलो बनाउदै आउनुभएका विभिन्न व्यापार–व्यवसाय, अध्ययन र पेशा गर्दै यस क्षेत्रमा बसोबास गर्दै आउनुभएका सम्पूर्ण सुदूरपश्चिमे आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुलाई सहभागी गराई आफ्नो ठाउँको संस्कृति जर्गेना गर्न त्यही अनुरुपको कार्यक्रमहरु गर्ने जनाउनुभएको छ ।
त्यस्तै उहाँले आउँदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली र छठ पर्वको पावन अवसरमा सम्पूर्णमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
यस्तै सो कार्यक्रममा समाजका पूर्व अध्यक्ष एंव हालका सल्लाहाकार प्राध्यापक राजेश कुमार ठकुराठी, समाजका पूर्व सचिव डा.नवराज धामी, वर्तमान सल्लाहाकार डा.खेमराज जोशी लगायतले शुभकामना मन्तव्य राख्नुभएका छन् भने कार्यक्रम संचालन समाजका निर्वतमान सचिव एंव सो अधिवेशनबाट भर्खर उपाध्यक्ष पदमा निर्वाचित हुनुभएका निरज पन्तले गर्नुभएको छ ।