संजय थापा
११ असोज २०७९
सदभाब र सहकार्यका लागि एकता भन्ने मूल उधेश्यका साथ पोखरा १६ मा अबस्थित दिप युनाइटेड क्लबले आज २०७९ सालको विजया दशमी, शुभ दीपावली, छठ, ल्होसार, नेपाल सम्वत ११४३ को पावन अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम संम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्लबका नि वर्तमान अध्यक्ष मनकाजी गुरूङ रहनु भएको थियो । उँहाले क्लब द्वारा निर्मित पिङ्ग खेली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । शुभकामना मन्तव्य क्लबका उपाध्यक्ष बिष्णु गुरूङले राख्नु भएको थियो । त्यस्तै शुभकामना दिनेहरूमा छन्याल संघ नेपालका केन्द्रीय सल्लाहकार बमबहादुर छन्त्याल, दीप हाउजिङ समाजका अध्यक्ष मेजर हितमान गुरूङ,बगर भाई खलकका अध्यक्ष एवं क्लबका सल्लाहकार दिलबहादुर गुरूङ, प्रमुख सल्लाहकार राजेश गुरूङ , नि वर्तमान अध्यक्ष मनकाजी गुरूङले शुभकामना व्यक्त गर्नु भएको थियो ।
क्लबले बिगतका दिनहरूमा सामाजिक कार्य गर्दै आई रहेको र दशैको सन्दर्भमा हाम्रो गाउँ घरमा दशैमा खेलिने पिङ आजभोली लोपोन्मुख हुन गई रहेको अबस्थामा क्लबले संस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने हेतुले आफ्नै प्राङ्गणमा पिङ बनाएको र सबै जनाले यसको प्रयोग र मनोरञ्जन लिन सक्ने यस कार्यक्रमका संयोजक तारा बहादुर थापा मगरले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न संघ संस्थाका ब्यक्तित्वहरूको उपस्थित रहेको थियो । क्लबका अध्यक्ष आचार्यले उपस्थित सम्पुर्णलाई धन्यवाद साथै आभार प्रकट गर्नु भएको थियो । कार्यक्रम संचालन क्लबका निवर्तमान सचिव राम प्रसाद सुवेदीले संचालन गर्नु भएको थियो।