११ असाेज-२०७९
राप्रसाद पाैडेल
पाेखरा १९ घार्मी स्थित महेन्द्र माध्यमिक विध्यालयले नेपालीहरुकाे महान चाड विजया दशमी , शुभ दिपावली, छठ तथा नेपाल सम्वतकाे उपलक्ष्यमा शुभकामना अादान प्रदान गरेकाे छ । ११ असाेज मंगलबार बिहान विध्यालय प्राङ्गणमा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पाैडेलकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा पाेखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे विशिष्ठ अतिथि रहनुभएकाे थियाे ।
कार्यक्रममा अाउदै गरेका चाड पर्वहरुकाे शुभकामना अादान प्रदान कार्यक्रममा वडाका नव निर्वाचित प्रतिनिधिहरुलाई स्वागत तथा निवर्तमान पदेन सदस्यलाई धन्यवाद सहित सम्मान गरिएकाे थियाे । कार्यक्रममा बाेल्दै विशिष्ठ अतिथि वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले वडा समिति विध्यालयकाे भाैतिक एवं शैक्षिक विकासमा सदैव जुटिरहने बताउनु भयाे । त्यस्तै निवर्तमान वडाध्यक्ष शाेभामाेहन पाैडेलले विध्यालयकाे स्थापनाकाल देखि अाजसम्म विध्यालय विकासक्रममा गाउँवासी र विध्यालय परिवारले गर्दै अाएका विभिन्न संघर्ष र प्राप्त सफलामाथि प्रकाश पार्नुभयाे । कार्यक्रममा बाेल्दै विध्यालयका प्रधानाध्यापक बासुदेव पाैडेलले विध्यालयकाे विषयमा संक्षिप्त रिपाेर्ट दिनुभयाे । भने धन्यवाद ज्ञापनमा ज्ञापन मन्तव्य राख्दै विध्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पाैडेलले विध्यालयकाे वर्तमान अवस्था र अावश्यकताकाे जानकारी गराउनु भयाे ।
कार्यक्रममा वडा सदस्य दुर्गा बस्नेत, विध्यालय व्यवस्थापन समितिका पूर्व सल्लाहकार जयराम पाैडेल, प्रदिप पाैडेल, विष्णु बास्ताेला,निर्मल बास्ताेला लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । विध्यालयका सहायक प्रधानाध्यापक नन्दराज दाहालकाे संचालन रहेकाे साे कार्यक्रममा शिक्षक सरद सापकाेटाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।