शुक्ला साहित्य प्रतिष्ठान र भूतपूर्व बिन्धवासिनी बिधाथी मञ्च द्वारा शुभकामना आदान प्रदान
  • प्रमुख खबर

साहित्यको जगेर्ना गर्ने मूल उधेश्यका साथ पोखरा १६ मा अबस्थित शुक्ला साहित्य प्रतिष्ठान र भूतपूर्व बिन्धवासिनी बिधाथी मञ्च द्वारा आज २०७९ सालको विजया दशमी, शुभ दीपावली, छठ, ल्होसार, नेपाल सम्वत ११४३ को पावन अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम संम्पन्न भएको छ ।               

प्रतिष्ठानका अध्यक्ष हरि बरूवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिन्धबासिनी मा. बि .का व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा रहनु भएको थियो । उँहाले साहित्यको उंद्गम स्थल बाटुलेचौेरमा जन्मनु भएका कवि धर्मराज थापा, कवि कुल बहादुर के. सी र कवि चेक बहादुर बरूवाल लगाएतलाई स्मरण गर्दै शुक्लाले यस क्षेत्रलाई साहित्यको भूमीबाट बन्चित हुन नदिएको र जस्तोसुकै परिस्थितिमा पनि साहित्यलाई हराबरा बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुदा खुसी हुँदै आभार प्रकट गर्नु भयो।                                                   

शुभकामना मन्तव्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी वस्नेत गौतमले राख्नु भएको थियो । त्यस्तै शुभकामना दिनेहरूमा माननीय न्यायाधीश सूर्यबहादुर थापा, भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चका उपाध्यक्ष सञ्जय बस्नेत,पोखरा महानगर पालिका वडा नं. १६ का वडा सदस्य रामचन्द्र आचार्य र मानव अधिकारका लागि एकल महिला दुर्गा थापा के. सीले शुभकामना व्यक्त गर्नु भएको थियो । यस्तै कार्यक्रमलाई रोमान्चित बनाउन बिन्धवासिनी मा. बि का शिक्षक संगित गायकको संयोजनमा बिधाथी बहिनीहरूले नाच प्रस्तुत गरेका थिए ।                     

प्रतिष्ठानले बिगतका दिनहरूमा पनि साहित्यलाई उजागर गर्दै विभिन्न ठाउँमा साहित्यीक कार्यक्रम गर्दै आएको र प्रतिष्ठानका राष्ट्रिय पुरस्कार र विभिन्न पुरस्कारबाट साहित्यमा योगदान गरेका व्यक्तित्वहरूलाई  सम्मान गर्दै आएको शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष हरि बरूवालले जानकारी दिनु भयो । कार्यक्रममा बिभिन्न संघ संस्थाका ब्यक्तिहरूको उल्लेखनीय उपस्थित रहेको थियो । कार्यक्रम संचालन प्रतिष्ठानका सचिव दिपेन्द्र बानियाँले गर्नु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्